HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home नेपाल तथा विश्व समाचार स्थापना दिवसको अवसरमा साक्षात्कार कार्यक्रम

स्थापना दिवसको अवसरमा साक्षात्कार कार्यक्रम

E-mail Print PDF
AddThis Social Bookmark Button
हरि बहादुर सारुमगर, पाल्पा
फाल्गुण २७

नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति पाल्पाले आफनो १६ औं स्थापना दिवसको अवसरमा वर्तमान सन्दर्भमा हाम्रो भूमिका विषयक प्रशिक्षणात्मक साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ। 

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल मगर विद्यार्थी संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष रेखीराम रानामगरले मगर विद्यार्थीको आन्दोलनलाई सही ढंगले बुझेर अगाडि बढ्नु पर्ने बताउनु भयो। उहाँले नयाँ नेपाल निर्माण अभियानलाई सशक्त ढंगले आत्मसाथ गर्दै आएको मगर विद्यार्थीहरु वर्तमानमा अझ सचेत जागरुक र शसक्त भएर अघि वढ्नुपर्नेमा जोड दिनु भयो।

पाल्पा जिल्ला भित्रका विभिन्न क्याम्पसमा गठित ईकाई समितिका विद्यार्थीहर सहभागी भएको प्रशिक्षण कार्यक्रममा प्रशिक्षक टोप अस्लामीमगरले संविधान निमार्ण र समाज परिवर्तनमा मगर विद्यार्थीहरको नेतृत्वदायी भूमिका हुनु पर्नेमा जोड दिनु भयो। मगर विद्यार्थी संघ पाल्पाका प्रमुख सल्लाहकार समेत रहनु भएका अस्लामीमगरले वर्तमान अवस्थामा नेपाल मगर विद्यार्थीहरुले अन्र्तर विकास र अन्तरमुखी विकास दुवैको समेत महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनु भयो। उहाले भोलिको राज्य सत्ता प्राप्तीको लागि आजैबाट सामजिक सत्ताको अभ्यास गर्नु पर्ने समेत बताउनु भयो। संघका जिल्ला अध्यक्ष दशरथ अस्लामी मगरको अध्यक्षतामा संचालन भएको सो कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सदस्य पुष्प झेंडी लुम्विनी अँचल उपाध्यक्ष सन्तोष थापामगर नेपाल मगर संघ पाल्पाका जिल्ला सदस्य रन बहादुर रानामगर र पूर्व अध्यक्ष तथा सल्लाहकार हरि बहादुर सारु लगायतले जातिय जनसंख्याको आधारमा हरेक क्षेत्रमा समानुपातिक सहभागिताको माग गरेका थिए। 

उनीहरुले यस किसिमको कार्यक्रमले मगर विद्यार्थीहरुलाई आफ्नो हक अधिकार सुनिश्चित गर्न र समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नमा सहयोग गर्ने समेत बताएका थिए। विसं २०५१ सालमा नेपाल मगर विद्यार्थी संघको स्थपना भई यसको छैठौ महाधिबेसन पाल्पाको तानसेनमा यही गएको माघ ८ र ९ गते पाल्पामा सम्पन्न भएको थियो।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)