रेवत राना, काठमाण्डौं।
मार्च ११

नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका केन्द्रिय उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय प्रशिक्षक चेतनराज गिरीको नेतृत्वमा ४ सदस्यीय नेपाली टोली प्रशिक्षणका लागि बिहिबार मलेशिया तर्फ प्रस्थान गरेको छ। जसमा बिजय श्रेष्ठ शंकर देव श्रेष्ठ र सागर गुरुङ्ग रहेका छन्।
टोलीले मार्च १२ देखि १५ तारिख सम्म मलेशियामा आयोजना गरिएको अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रशिक्षक प्रशिक्षण कोर्षमा सहभागी हुनेछ। १५ तारिख देखि सिंगापुरमा हुने आइटिएफ कोर्षमा समेत उक्त टोलीले सहभागिता जनाउने टोली प्रमुख चेतनराज गिरीले जानकारी दिए। उक्त टोलीलाई बिहाबार बिहानै महासंघका उपाध्यक्ष तथा मुख्य प्रशिक्षक अाजुनाथ श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए।


















