HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home नेपाल तथा विश्व समाचार नेपाल मगर संघ कास्की अधिवेशन हुने

नेपाल मगर संघ कास्की अधिवेशन हुने

E-mail Print PDF
AddThis Social Bookmark Button
मीना थापा मगर, पोखरा
फाल्गुन २७ गते

नेपाल मगर संघ कास्कीको छैठौं अधिवेशन बैखास १८ गतेदेखि शुरु हुने भएको छ। संघको बुधबार बसेको भेलाले उक्त निर्णय गरेको हो।

"ईतिहास भाषा संस्कृति संरक्षण सम्बर्धन मगरहरुको मूल मन्त्र जातीय पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र" भन्ने मूल नाराका साथ मगर संघको कार्यालय रंगशालामा हुने अधिवेशनमा कास्कीभरिका मगरहरु तथा भातृ संगठनहरुको व्यापक सहभागिता रहने संघले जनाएको छ। हालसम्म कास्कीमा १८ इकाई समिति रहेका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गराउन आत्मनिर्णयको अधिकारसहितको जातीय स्वायत्तता र स्वशासनको संवैधानिक सुनश्चितता गराउन मगराँत स्वायत्त प्रदेश स्थापना गराउन राजनैतिक अग्राधिकार धर्मनिरपेक्षताको सुनिश्चितता गराउन आइ.एल.ओ. महासन्धि १६९ लगायत अन्तर्राष्ट्रिय कानुनद्वारा सुनिश्चितता प्रदान गराउन मगर जाति लगायत सम्पूर्ण आदिवासी जनजाति उत्पीडित जाति महिला दलित तराई कर्णालीप्रदेश अल्पसंख्यक समुदाय आदिका साझा मुद्दा र सवालहरुको संवैधानिक सुनिश्चितता प्रदान गराउन सम्मेलन महत्वपूर्ण र ऐतिहासिक हुने संघले जनाएको छ।

संघको विधानअनुसार निर्वाचित एक कार्यकालको अवधि तीन वर्ष रहेको छ। तीन दिन सम्म चल्ने अधिवेशन नयाँ नेतृत्व चयन गर्दै २० गते समापन हुनेछ।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)