हरि बहादुर सारुमगर
पाल्पा फाल्गुण २७
पर्यटन वर्ष सन २०११ लाई लक्षित गरि पाल्पाको तानसेनमा पाचौ अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला २०६६ सम्पन्न भएको छ।
सार्क राष्ट्रहरु नेपाल बंगलादेश र भारत सहित ११ राष्ट्रका ३६० जना कलाकारहरुले आ आफना राष्ट्रका नाचहरु प्रस्तुत गरेका थिए। आफनै खालका भेषभुषा र संस् कृतिमा सजिएका कलाकारहरुले तानसेनको टुडिखेलमा सन्चालन भईरहेको औद्यौगिक व्यपार मेला तथा पर्यटन महोत्सव २०६६ मा नाचहरु प्रस्तुत गरेका थिए। एभरेष्ट कल्चरल ग्रुपका रामचन्द्र कोईरालाको नेतृत्वमा पाल्पा तानसेन आईपुगेक ती कलाकारहरुले नृत्य प्रस्तुत गरिरहदा उपस्थित दर्शकहरुले तालिले स्वागत गरि रहेका थिए।
फागुन २१ गते काठमाडौमा उदघाटन गरि अघि बढेको यो टोलीले यस अघि सुर्खेतमा प्रस्तुति देखाई सकेका छन्। यो सास्कृतिक टोलीले पोखरा र काठमाडौंमा पनि नृत्य प्रस्तुत गर्ने एभरेष्ट कल्चरल ग्रुपका सल्लाहकार तथा संगीतकार नारायण रायमाझीले जानकारी गराउनु भयो। यो सास्कृतिक टोलीमा नेपाल स्पेन फ्रन्स बंगलादेश नेदरल्यण्ड भारत वुल्गरिया लुथनिया पोल्याण्ड स्लोभाकिया र स्लोभेनियका कलाकारहरु सहभागी रहेका छन्। विश्वका कला र संस्कृतिको विकास र विस्तारमा लागेका यी टोलीले नृत्य प्रस्तुत गर्नु अघि तानसेन बजार परक्रममा गरेका थिए। पाल्पाको तानसेनमा गत वर्ष पनि चौथो अन्तराष्ट्रिय लोक सांस्कृतिक मेलाको पनि आयोजना गरिएको थियो।


















