HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home नेपाल तथा विश्व समाचार भयवादको परिसम्वाद

भयवादको परिसम्वाद

E-mail Print PDF
AddThis Social Bookmark Button
प्रदीप मेन्याङ्बो

 
 
धरान, भयवाद अध्ययन केन्द्र धरानको आयोजनामा मंगलबार इटहरीमा नयाँ दर्शन भयवादको परिसम्वाद भएको छ। भयवाद दर्शन हाल हङकङमा रहेका देश सुव्बाद्धारा प्रतिपादित नयाँ दर्शन हो।

परिसम्वादमा भयवादका व्याख्याता डा टंक न्यौपानेले देश सुव्वाको नयाँ दर्शन भयवादले भय सृजना नगरेर कुनै पनि कारणबाट उत्पन्न हुने भयबाट मुक्ति हुने उपाय बारे नयाँ सिद्धान्त जन्माएको दावी गरे। उनले भने, 'धेरैलाई यो दर्शन साहित्यिक आन्दोलन जस्तो लाग्न सक्छ तर यो कुनै साहित्यिक आन्दोलन होइन, विशुद्ध दर्शन हो। यो दर्शनको आधारमा जुनसुकै साहित्य भने सृजना गर्न सकिन्छ।' 

 
डा.न्यौपानेले चर्चामा आउन बाँकी रहेको भयवाद दर्शन एउटा नेपालीले हङकङमा रहेर पनि चिन्तन गरेर तयार गरेकोले यसको थप विश्लेषण गर्नु पर्नेमा जोड दिए। उनले भने, 'देश सुव्वाले भयलाई वृहत दृष्टिकोणबाट अध्ययन र अनुसन्धान गरेर व्याख्या गरेका छन्।'  

दर्शनका युवा व्याख्याता चेवन राईले महाभारतको गीतादेखि उत्तर आधुनिक समयमा पनि भय नै भय देखिएको उल्लेख गर्दै भयले जीवनप्रति बैराज्ञ जगाउने तर्फनिर्देशित गराउन नहुने बताए। साहित्यकार मनु मन्जिलले देश सुव्वाले भयलाई दार्शनिक दृष्टिकोण दिएर सैद्धान्तिकृत गरेको बताए। उनले भने, 'तर भयको आधारमा दर्शनको रुप मात्र दिएर हुँदैन, त्यसलाई व्यावहारिक प्रयोगमा ल्याउन सकेमा मात्र भविष्य सम्म रहन्छ।'  

भयवादको पछिल्लो संशोधित ग्रन्थ पुस्तकको रुपमा आउन भने बाँकि रहेको छ। आफ्नो नयाँ दर्शनबारे नेपालमा अन्तरक्रिया भइरहदा दार्शनिक सुव्वाले भयवादी दर्शनलाई पहिले बौद्धिक समुदाय, लेखक, कवि, साहित्यकार र दर्शनका विद्यार्थी माझ छलफल र अन्तरक्रिया गराएर मात्र पुस्तकका रुपमा निकाल्ने तयारीमा लागेको बताए। उनले भयवाद दर्शनमा भनेका छन्, 'जीवनलाई भयले निर्देशन गरिरहेको हुन्छ। विश्व ब्राहृमण्डमा भएका सबै वस्तुहरू नै वास्तवमा भय उत्पन्न गर्ने तत्वहरू हुन्। धेरै कुराहरू छ भय र छैन भय शिर्षकमा व्याख्या भएका छन्। विश्वमा नभएका कुराहरू सम्झना, चेतनामा आएपछि भय हुन थाल्छ।' 

भयवादमा उनले भयको कारण, प्रकार, अवस्था, निकास, प्रयोग र मुक्तिका बारेमा व्याख्या गरेका छन्। सरल भाषामा उनले भनेका छन्, 'अदृश्य शक्ति भनेर जसलाई हामी पूजा गर्र्छौ, मान्छौ, यस्ता धेरै वस्तुहरू छन्, शक्तिहरू छन्, जसलाई हामीले मानिरहेका छौं। मान्नुको अर्थमा भय हुन्छ। दृश्य र भौतिक वस्तुहरू त्यही हुन्छन्, सामान्य त्यसको उपस्थितिले हामीलाई भय पैदा गर्दैन, त्यही वस्तुमा चेतना, ज्ञान, सं-सकेतक प्रवृत्ति, स्वभाव परेपछि भय बन्न थाल्छ।' 

कवि समेत रहेका दार्शनिक सुव्वाले यस अघि भयवादमा आधारित 'आदिवासी' उपन्यास लेखिसकेका छन्। धरान घर भएका उनी हाल परिवार सहित हङकङमा बस्दै आएका छन्।   

परिसम्वादमा भयवाद अध्ययन केन्द्रका उपाध्यक्ष मुनाराज सेर्मा सचिव दीपक सुवेदी, सदस्य ज्योति जंगलको उपस्थिति थियो। साहित्यकारहरूमा मिश्र वैजन्ती, अरु साहित्यकार र पत्रकारहरूको उपस्थिति थियो।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)