हरि बहादुर सारुमगर
९ मार्च, फाल्गुण २५
सरकारले हालै पारित गरेको राष्ट्रिय युवा नीति कार्यान्वयनका लागि युवाहरु गाउँ-गाउँबाट जाग्नुपर्ने नवलपरासीका युवाहरुले बताएका छन्। नवलपरासीको कावासोतीमा आयोजित युवा र राष्ट्रिय युवा नीति विषयक छलफल कार्यक्रममा सहभागी युवाहरुले सो कुरा बताएका हुन्। सरकारले युवा नीति बनाएपनि कार्यान्वयनमा पहल नगरेको भन्दै तत्काल कार्यान्वयनका युवाहरु स्वम जागरुक हुनुपर्ने स्थानीय युवा साचारकर्मी दिनेश बस्यालले बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथी तथा नेपाली काँग्रेस संसदीय दलका सचिव महेन्द्रध्वज जीसीले ढिलै भएपनि युवा नीति बनाउन सफल भएको बताउदै कार्यान्वयनका लागि स्वयम युवाहरुले राज्यलाई दवाव दिनुपर्ने बताउनुभयो। नेपाली काँग्रेसका सभाषद समेत रहनुभएका जीसीले युवाको सकि्रयता विना कुनै पनि खालको परिवर्तन सम्भव नहुने दावी गर्नुभयेा। कार्यक्रममा बोल्दै नेकपा माओबादीका जिल्ला सहइन्चार्ज मोती रिजाल मिलनले युवाहरुसंग पर्याप्त अन्तरकृया विना नै राष्ट्रिय युवा नीति पारित गर्नाले कार्यान्वयनमा आशंका रहॆको बताउनुभयो। यसैगरि नेकपा एमालेका जिल्ला अध्यक्ष तिलक महतले नयां बन्ने संविधान युवाहरुको सहयोग विना असम्भव रहेकोले सहयोग गर्न आग्रह समेत गर्नुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य महेन्द्र पोख्रेल युवा समन्वय केन्द्र थाइलैण्डका सचिव तिलोत्तम पौडेल नेपाल युवा संस्था साजाल आयोनका कोषाध्क्ष लोकराज अवस्थी रिलेक नेपालका राष्ट्रिय अध्यक्ष रमेश तिमिल्सीना कोषाध्यक्ष गामत्रा घले सदस्य शुसिल घिमिरे जागृती बाल तथा युवा सरोकार नेपाल नवलपरासीका अध्यध्यक्ष होमनाथ जैसी लगायतले युवा नीतिको बारेमा प्रष्ट्याउदै सरकारले हालै पारित गरेकॊ युवा नीतिले नेपालका युवाहरुमा आश पलाएको बताउनुभयो। गत माघ १२ गते राष्ट्रिय युवा नीतिको पारित भएपछि जिल्लामा पहिलो पटक आयोजना गरिएको कार्यक्रममा जिल्ला भरिका युवा क्लव तथा संघ संस्थाका सयौं जनाको उपस्थिती रहेको थियो। कार्य्रक्रम संयोजक के बी रानामगरको अध्यक्षतामा सम्पन्न भएको थियो।

















