Home नेपाल तथा विश्व समाचार गिद्ध संरक्षणका लागि डाईक्लोफेनिक औषधीमुक्त क्षेत्र घोषणा गरिने

गिद्ध संरक्षणका लागि डाईक्लोफेनिक औषधीमुक्त क्षेत्र घोषणा गरिने

E-mail Print PDF
हरि बहादुर सारुमगर, पाल्पा
मार्च ९, फाल्गुण २५

गिद्ध संरक्षणका लागि पाल्पा जिल्ला सहित १० जिल्लालाई डाईक्लोफेनिक औषधीमुक्त क्षेत्र घोषणा गरिने भएको छ। गाईबस्तु र मान्छेमा समेत डाईक्लोफेनिक औषधी प्रयोग गर्दा मरेको बस्तुको सिनो खाएर गिद्धहरु मर्ने गरेको भन्दै पाल्पा सहित १० जिल्लालाई डाईक्लोफेनिक औषधीमुक्त क्षेत्र घोषणा गरिने भएको हो। गिद्ध संरक्षणको बारेमा जानकारी गराउने उद्धेश्यले पाल्पा मदनपोखराको अधेरी छरछरे सामुदायिक बनउपभोक्ता समितिले पाल्पाको तानसेनमा आयोजना गरेको अन्र्तकि्रया कार्यक्रममा यो कुराको जानकारी गराईएको हो।

पछिल्लो समयमा गिद्धहरु लोप हुदै गईरहेको सन्दर्भमा पाल्पा चितवन रुपन्देही नवलपरासी दाङ बाके बर्दिया कैलाली र कन्चनपुर लगायतका १० जिल्लालाई डाईक्लोफेनिक औषधीमुक्त क्षेत्र घोषणा गर्न लागिएको नेपाल पंक्षी संरक्षण संघको विषेशज्ञ डाक्टर सूर्य पौडेलले बताउनु भयो। पौडेलले डाईक्लोफेनिक औषधी हानीकारक हुने भएकाले त्यस्तो औषधी प्रयोग गरिएको गाईबस्तु मरेपछि गिद्धले खाएपछि गिद्धको किडनी फेल भएर मर्ने गरेको जानकारी दिनु भयो। गिद्धहरु अधिकांश सिमलको रुखमा बस्ने भएपनि आजभोलि धेरैजसो सिमलका रुखहरु मासिएकाले गिद्धको बासस्थानको लागि ठूल ठूला र बलियो रुखहरु चाहिने पनि उहाले उल्लेख गर्नु भयो। 

पाल्पाको मदनपोखरा खालीबन यम्घा र रामपुर लगायतका गाविसमा पनि गिद्धको बासस्थान रहेका छन्। जिल्ला बन कार्यालय पाल्पाका वन अधिकृत रामबाबु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्नेहरुले गिद्ध संरक्षणको बारेमा जनचेतना फैलाउन जरुरी रहेको बताएका थिए।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)