HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home नेपाल तथा विश्व समाचार बागलुङे मगर विद्यार्थीको भेला सम्पन्न

बागलुङे मगर विद्यार्थीको भेला सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button
रुद्र श्रीस मगर, पोखरा
९ मार्च, फाल्गुण २५

बागलुङ जिल्लाबाट पोखरामा आइ अध्ययन गर्ने मगर विद्यार्थीहरुको एक भेलाले नेपाल मगर विद्यार्थी संघ बागलुङ-पोखरा सम्पर्क समिति गठन गरेको छ।

भेलाले सागर थापामगरको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको छ जसको उपाध्यक्ष सचिव सह-सचिव र कोषाध्यक्षमा क्रमशः गोविन्द पुनमगर, दिनेश काउचामगर, महेन्द्र पुनमगर र भीम रोकामगर रहनुभएको छ। त्यसैगरी सदस्यहरुमा सीता भुजेलमगर, कर्णबहादुर थापामगर, लेनिन रोकामगर, रोशन पुनमगर, भूपाल घर्तीमगर, चन्द्रबहादुर थापामगर, खडक घर्तीमगर, चन्द्रा श्रीसमगर, यमुना राम्जालीमगर लगायत रहनुभएको छ। 

नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति इन्चार्ज अनिता थापामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा संघकै केन्द्रीय सदस्य एवं भाषा तथा संस्कृति विभाग प्रमुख रुद्रबहादुर श्रीसमगर, कास्की जिल्ला कोषाध्यक्ष दिनेश काउचामगर, पूर्व जिल्ला सह-सचिव टेकबहादुर थापामगर, बागलुङ जिल्ला समितिका पूर्व सदस्य फरेन्द्र थापामगर, कालिका बहुमुखी क्याम्पस समितिका अध्यक्ष रोशन पुनमगर, मगर भाषाका अभियन्ताहरु गोविन्द पुनमगर, एसिका हिस्कीमगर लगायतले बोल्नुभएको थियो। 

भेलाले पाँच जना सल्लाहकार समेत चयन गरेको छ जसमा रुद्रबहादुर श्रीसमगर, टेकबहादुर थापामगर, फरेन्द्र थापामगर, बमबहादुर पुनमगर र पूर्ण श्रीसमगर रहनुभएको छ। भेलाले नवनिर्वाचित केन्द्रीय सदस्यद्वय अनिता थापामगर र रुद्र श्रीसमगरलाई बधाई ज्ञापन समेत गरेको छ।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)