HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home नेपाल तथा विश्व समाचार हातेमालो अभियानको रक्तदान कार्यक्रम

हातेमालो अभियानको रक्तदान कार्यक्रम

E-mail Print PDF
AddThis Social Bookmark Button
रुद्र श्रीसमगर, पोखरा
९ मार्च, २५ फाल्गुण

सयौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सामाजिक क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था "हातेमालो अभियान नेपाल" ले आज बिहान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

"रक्तदान जीवनदान, जीवनदान महादान" भन्ने मूल नारासहित हातेमालो अभियान नेपालको भीमसेन चोक स्थित आफ्नै कार्यालय अगाडि आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए। उक्त रक्तदान कार्यक्रमको चर्चित लोकप्रिय भलिबल खेलाडी मन्जु गुरुङले प्रहरी निरीक्षक कृष्णबहादुर कार्कीलाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो। 

कार्यक्रममा रक्तदान गर्ने अधिकांश सुरक्षाकर्मीहरु रहेका थिए। अभियानका अध्यक्ष तारामाया थापामगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी कास्की, हिमचुली विकास बैंक र गण्डकी मेडिकल कलेज पोखराले समेत सहयोग गरेका थिए।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)