HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home नेपाल तथा विश्व समाचार झूटो समाचार प्रकाशित भएको भन्दै पोखरा नसर्िङ क्याम्पसका आक्रोशित विद्यार्थीहरुद्वारा विरोध प्रदर्शन

झूटो समाचार प्रकाशित भएको भन्दै पोखरा नसर्िङ क्याम्पसका आक्रोशित विद्यार्थीहरुद्वारा विरोध प्रदर्शन

E-mail Print PDF
AddThis Social Bookmark Button
रुद्र श्रीस मगर पोखरा
८ मार्च

पोखराबाट प्रकाशित हुने पोखरा हटलाइन राष्ट्रिय दैनिकमा प्रकाशित भएको समाचारको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान पोखरा क्याम्पस रामघाटका विद्यार्थीहरुले आज पोखरा हटलाइन दैनिकको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्।

उक्त दैनिक पत्रिकाको आइतबारको अंकमा काठमाडौंबाट प्रकाशित हुने मासिक पत्रिका चौतारी दर्पणमा छापिएको क्याम्पसकी पूर्व प्रमुख लालकुमारी गुरुङको अन्तवार्ता सम्बन्धी विषयलाई मुख्य शीर्षक बनाएर समाचार प्रकाशित भएको थियो। उक्त समाचारमा लालकुमारी गुरुङको भनाइलाई उधृत गर्दै पोखरा क्याम्पसमा वेश्यावृत्ति हुने गरेको कुरा उल्लेख थियो। यही विषयलाई लिएर क्याम्पसलाई वेश्यावृत्तिको थलोको रुपमा कुप्रचार गरिएको आरोप लगाउँदै विद्यार्थीहरु पत्रिकाकै विरोधमा उत्रिएका हुन्। यसअघि हिजो विद्यार्थीहरुले समाचार संकलनको लागि क्याम्पसमा गएका साचारकर्मीहरुमाथि दुव्र्यहार समेत गरेका थिए। क्याम्पसबाट नाराबाजी सहित विद्यार्थीहरु पोखरा हटलाइनको कार्यालय घेराउ गर्न पुगेका थिए। उल्लेख्य मात्रामा प्रहरीहरुको उपस्थितिका कारण केही अपि्रय घटना भने हुन पाएन।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)