HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home नेपाल तथा विश्व समाचार प्याब्सनको दशौ महाअधिबेशन सम्पन्न

प्याब्सनको दशौ महाअधिबेशन सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button
अध्यक्षमा राजेश खडका बरिष्ठ उपाध्यक्षमा ज्ञानदेब हटुवाल र महासचिबमा बिजय सम्बाहाम्फे 
 
हरि बहादुर सारुमगर
भैरहवा फागुन २४

निजी तथा आबासिय बिद्यालय अर्गनाईजेशन नेपाल प्याब्सनको दशौ महाअधिबेशनले अध्यक्ष पदमा पुर्ब अध्यक्ष समेत रहनु भएका जेम्स स्कुल ललितपुरका राजेश खडका लाई सर्बसम्मत तथा निर्बिरोध चयन गरेको छ।

मनोनयनको अन्तिम समय सम्म अन्य कसैले अध्यक्षमा दाबी नगरे पछी खडका निर्बिरोध हुनु भएको हो। मनोनयन दर्ता भन्दा १ घन्टा अघि सम्म बर्तमान अध्यक्ष भोज बहादुर शाहले समेत अध्यक्षमा उम्मेदवारी दिने बताईएता पनि अन्तिम समयमा भने उहाले उम्मेदवारी दिनु भएन्। दिन भरी जसो सहमतीका लागी भएको प्रयास असफल भएता पनि अन्तिम समयमा आएर अध्यक्ष पदका लागी सहमती जुटेको हो। त्यस्तै गरी बरीष्ठ उपाध्यक्ष पदमा सनसाईन उच्च माबि रुपन्देहीका ज्ञानदेब हटुवाल निर्बिरोध निर्बाचित हुनु भएको छ।
 
प्रत्यासीहरु सुर्योदय आबासिय माबि काठमाण्डौका लक्ष्य बहादुर केसी र सिपियस उच्च माबि ललितपुरका बि एन शर्माले बरीष्ठ उपाध्यक्ष पदबाट उम्मेदवारीको मनोनयन फिर्ता लिए पछी हटुवाल निर्बिरोध हुनु भएको हो।

त्यस्तै उपाध्यक्षहरुमा पुर्बान्चलबाट एभरेष्ट ईग्लींस बोर्डिंग स्कुल मोरंगका टीका राम पुरी, मध्यमान्चलबाट नोबल उच्च माबि धनुषाका सरोज कुमार राय, पश्चिमांचलबाट लिटिल एन्जल्स नवलपरासीका सुमन गोपाल आचार्य, मध्य पश्चिमांचलबाट बालज्योती आबासिय माबि बाँकेका टिकाराम सुबेदी, सुदुर पश्चिमान्चलबाट मोर्डन ऐरा स्कुल कैलालीका आर सि यादब र महिला उपाध्यक्षमा त्रिशक्ती माबि काठमाण्डौकी सानु अमात्य निर्बिरोध निर्बाचित हुनु भएको छ।

महासचिबमा लोयल्टी एकाडेमी काठमाण्डौंका बिजय सम्बाहाम्फे निर्बिरोध निर्बाचित हुनु भएको छ। महासचिब पदका लागी मनोनयन दर्ता गराउनु भएका बर्तमान महासचिब टि आर ढकालले आफनो उम्मेदबारी फिर्ता लिनु भए पछी सम्बाहाम्फे पनि निर्बिरोध निर्बाचित हुनु भएको हो। त्यस्तै कोषाध्यक्षमा पुष्प सदन माबि काठमाण्डौका महेश श्रेष्ठ र सह कोषाध्यक्षमा महेन्द्र बिद्याश्रम भक्तपुरका का महेन्द्र प्रसाद मास्के निर्बिरोध निर्बाचित भएका छन्। त्यस्तै गरी १ महिला सहीत ४ सचिबमा महिला सचिब तर्फ शिद्धार्थ बिद्या पिठ भक्तपुरकी दिपिका थापा निर्बिरोध हुनु भएको छ। त्यस्तै गरी भ्यालि पब्लीक उच्च माबि काठमाण्डौका कृष्ण प्रसाद अधिकारी, होली टेम्पल ललितपुरका बिमल थापा, रेडियन्स रिडरस्र एकाडेमी ललितपुरका डि के ढुंगाना सचिबमा निर्बिरोध निर्बाचित हुनु भएको छ। सचिब पदका अन्य प्रत्यासीहरु मयुर बोर्डिंग स्कुल कैलालीका हरीहर खरेल, मुनलाईट उच्च माबि ललितपुरका ईश्वर बहादुर गुरुंग र अरुणज्योती माबि काठमाण्डौका कुमार घिमिरेले उम्मेदवारी फिर्ता लिनु भएको थियो। 

उता केन्द्रीय सदस्यहरुमा पुर्वाचंलबाट लक्षदास राई, झापाबाट शुदेब न्यौपाने, मोरंगबाट गोबिन्द लम्साल, झापाबाट जागेश्वर यादब, सिराहाबाट शंकर थापा, सुनसरीबाट काजीमान पालुंङवा, ताप्लेजुंगबाट लालसेर राई, उदयपुरबाट मध्यमांचलबाट सर्लाहीका गोपाल पंजीयार, चितवनका लेखनाथ खनाल, मकवानपुरका ऋषि राम आचार्य, ललितपुरका टंक भट्टराई, दोलखाका सुर्य कृष्ण श्रेष्ठ, सिन्धुलीका शतिष चन्द्र ढकाल, पर्साका रबि कोईराला, काभ्रेका भिमसेन केसी, धादिंगका गोपाल प्रसाद कंडेल, काठमाण्डौका श्याम मल्ल ठकुरी, दयाराम थापा, भक्तपुरका शिब कृष्ण श्रेष्ठ, पश्चिमांचलबाट रुपन्देहीका यज्ञमुर्ति पाण्डे, राजु गुरुंग, पाल्पाका भेष राज सुबेदी, स्यांगजाका ध्रुब प्रसाद शर्मा पंगेनी, पर्बतका यम प्रसाद शर्मा, मध्य पश्चिमांचलबाट बर्दियाका निर्मल उपाध्याय, सुर्खेतका पुर्ण बहादुर नेपाली र बाँकेका खडग बोहोरा, सुदुर पश्चिमबाट कैलालीका भिम राज चपाई तथा महिला बिशेष सदस्यहरुमा सुर्खेतकी सिता सुबेदी, नवलपरासीकी चित्रकला सुबेदी, मोरंगकी बिमला घिमिरे र भक्तपुरकी राधा देबी श्रेष्ठ र कैलालीकी शान्ति क्षेत्री निर्बिरोध निर्बाचित हनु भएको छ। 

मनोनयन पत्र दाखिला भैसकेपछि पनि प्रतिनिधीहरुले सहमती जुटाई सर्बसम्मत रुपमा नेतृत्व चयन गर्न सफल भएका हुन्। ३ दिन सम्म चलेको महाअधिबेशनमा ६३ जिल्लाका १ हजार प्रतिनिधी र २ सय पर्यबेक्षकहरुको उपस्थिति थियो।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)