HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home नेपाल तथा विश्व समाचार रेमिटेण्समा मात्र भर नपर्न अन्तर्राष्ट्रिय वित्तिय संस्थाद्वारा नेपाललाई चेतावनी

रेमिटेण्समा मात्र भर नपर्न अन्तर्राष्ट्रिय वित्तिय संस्थाद्वारा नेपाललाई चेतावनी

E-mail Print PDF
AddThis Social Bookmark Button
८ मार्च २०१० विदेशमा काम गर्नेहरुले पठाउने रेमिटेण्स मार्फत हुने आम्दानीमा मात्र भर नपर्न एउटा अन्तर्राष्ट्रिय वित्तिय संस्थाले नेपाललाई चेतावनी दिएको छ।केही महिना यता रेमिटेण्स भित्रिने क्रममा शिथिलता देखिने वित्तिकै देशको भुक्तानी सन्तुलन धरमराएको थियो। लगत्तै नेपालको स्थिति बुझ्न आएको अन्तर्राष्ट्रिय मुद्रा कोषका अधिकारीहरुले दिगो आम्दानीका निम्ति देशभित्रै आर्थिक वृद्धि गर्न सुझाव दिएका छन्।

चार वर्षसम्म औसतमा ३० प्रतिशतका दरले हरेक वर्ष बढिरहेको रेमिटेण्स आम्दानी गएको पाँच महिना यता खुम्चिएर २० प्रतिशत भन्दा कममा झरेको थियो। रेमिटेण्स आम्दानी अझै केही समय खस्कने र वार्षिक औसत वृद्धि १० प्रतिशतमा झर्ने भन्दै कोषका अधिकारीहरुले नेपाललाई यसमा मात्र भर नपर्न चेतावनी दिएका हुन्। हाल नेपाल भ्रमणमा आएकी कोषको एशिया तथा प्रशान्त क्षेत्रीय विभाग प्रमुख लाउरा पापीले रेमिटेण्स बढिरहने ‘रमाइलो समय’ अब सकिन लागेको बताइन्। व्यापार घाटा पूर्ति देखि आर्थिक वृद्धिमा मद्दत गर्ने जस्ता धेरै कुराको रेमिटेण्स एक्लैले हेरविचार गरिरहेको हुँदा अरु दुख गर्नु नपर्ने जस्तो थियो। तर त्यस्तो समयको अब करीब करीब अन्त भएको छ,” उनले भनिन्।

पापीले रेमिटेण्सभन्दा निर्यात व्यापार बढि भरपर्दो भएको मात्र बताइनन् दिगो आम्दानीको लागि देशभित्रै आर्थिक वृद्धि गर्न समेत सुझाव दिइन्। यदि तपाईंको अर्थतन्त्र अरुकै आर्थिक वृद्धिमा भर पर्ने किसिमको छ भने सरकारले अब आफ्नै देशको आर्थिक वृद्धि गर्नेतर्फ ध्यान पु-याउनु पर्छ,” उनको भनाइ थियो। समग्र अर्थतन्त्रको २० प्रतिशत ओगटेको रेमिटेण्सको वृद्धि खस्किनासाथ गम्भीर असरहरु देखापर्ने कोषका अधिकारीहरुले बताएका छन्।कोषका एकजना अर्थविद ड्यान नाइबर्ग भन्छन्- यसको प्रत्यक्ष असरको रुपमा उपभोगमा कमी आउनेछ जसले गर्दा आयात घट्नेछ। साथै वित्तीय प्रणालीमा असर पर्नेछ। बैंकहरुमा डिपोजिट कम हुन जानेछ। अप्रत्यक्ष रुपमा सरकारको राजस्व घट्दै जानेछ,” उनले बताए।केही समययता रेमिटेण्सको वृद्धि घट्ने वित्तिकै भुक्तानी सन्तुलन खलबलिएको ताजा अनुभवको आधारमा हेर्दा कोषले दिएको पछिल्लो चेतावनीले नेपाललाई दिगो आर्थिक खम्बाहरु खोज्न प्रेरित गर्नुपर्ने प्रष्ट छ।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)