HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home नेपाल तथा विश्व समाचार इराकमा सन २००५ को तुलनामा हिंसा निकै कम

इराकमा सन २००५ को तुलनामा हिंसा निकै कम

E-mail Print PDF
AddThis Social Bookmark Button
८ मार्च २०१० इराकीहरुले अमेरिकी नेतृत्वको गठबन्धनले सद्दाम हुसेनलाई सत्ताच्यूत गरेपछिको दोश्रो आमचुनावमा मतदान गरेका छन्। सन २००५को तुलनामा हिंसा निकै कम भएको छ। तर सुरक्षा अझैपनि एउटा मुख्य मुद्दा रहेको छ। यो आमचुनाव महत्वपूर्ण त छ, तर चुनाव पछि के हुन्छ भन्ने कुरा झनै महत्वपूर्ण हुने बताइएको छ। यो चुनाव संक्रमणको महत्वपूर्ण मोडमा भएको छ। अमेरिकी सेनाले एकदमै थोरै भूमिका निर्वाह गरिरहेको छ। सबैकुरा योजना अनुसारनै भयो भने अमेरिकी सैनिकहरु यही वर्षको अगष्टसम्म इराकबाट फर्कि सक्ने छन्। आफैले तोकेको यो समयसीमा पर सारियो भने पनि बग्दादमा अमेरिकी राजनीतिक प्रभाव उल्लेखनीय रुपमा कम हुनेछ।

अब मुख्य चुनौती सरकारको गठन हो। एकजना जानकार कूटनीतिक पर्यवेक्षकले भने जस्तै मुख्य प्रश्न अब इराकमा कस्तो सरकार हुन्छ भन्ने हो। त्यो सक्षम सरकार हुन्छ कि जातीयतामा आधारित हुन्छ? अर्को शब्दमा त्यो सरकार आफ्ना जनतालाई सेवा, सुविधा र आशा दिन सक्ने हुन्छ कि युध्द पछिको राजनीतिक जीवनलाई गाँज्नेजस्तै उही पुरानै जातीय पृथकतावादमा आधारित हुन्छ? मानिसहरुले निरपेक्षताको आधारमा मतदान गर्लान तर मुख्य मुद्दाहरु जस्तो कि सुरक्षा, रोजगारी र सार्वजनिक सेवाहरु गैह्रजातीय छन्।जुनसुकै नयाँ सरकार गठबन्धन सरकार हुनेछ। यसमा केही मुख्य सिया दलहरुलाई सामेल गर्नु पर्नेछ, सुन्नीहरुलाई पनि ठाउँ दिनु पर्नेछ अनि सुसंगठित कुर्दिसहरुको पनि विचार गर्नु पर्नेछ। मतदान सकिएपछि चुनावमा भाग लिएका दल र संगठनहरुको संभावित फूटले गठबन्धन सरकार गठनलाई अझ कठिन बनाउन सक्नेछ। तर आउँदो जुलाई अगाडि नयाँ सरकार बन्ने संभावना छैन।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)