HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home नेपाल तथा विश्व समाचार मगर विद्यार्थी संघ पिएन क्याम्पस विज्ञान संकायमा रखालीमगर

मगर विद्यार्थी संघ पिएन क्याम्पस विज्ञान संकायमा रखालीमगर

E-mail Print PDF
AddThis Social Bookmark Button
रुद्र श्रीस मगर पोखरा
७ मार्च
 
नेपालकै दोश्रो ठूलो क्याम्पस पिएन क्याम्पस पोखरामा विज्ञान संकायमा अध्ययनरत मगर विद्यार्थीहरुको भेलाले विनोद रखालीमगरको अध्यक्षतामा ११ सदस्यीय मगर विद्यार्थी संघ गठन गरेको छ। तत्कालीन नेपाल मगर विद्यार्थी संघ पिएन क्याम्पसको निष्क्रियताका कारण विज्ञान संकायका मगर विद्यार्थीहरु जुर्मुराउनु परेको बोल्ने वक्ताहरुले बताएका थिए। 

कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ पिएन क्याम्पसका पूर्व अध्यक्ष तथा नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघ पिएन क्याम्पस इकाई समितिका अध्यक्ष गोविन्द सिंजालीमगरले उक्त क्याम्पसमा मगर विद्यार्थीको भूमिका तथा विज्ञान संकायका विद्यार्थीहरुले चाल्नुपर्ने कदमका बारेमा बोलेका थिए। 

संघको अन्य सदस्यहरुमा उपाध्यक्ष लेनिषा घर्तीमगर, सचिवमा उज्जल थापामगर, सह-सचिवमा दीपेन्द्र घर्तीमगर, कोषाध्यक्षमा निरज रानामगर लगायतका अन्य सदस्यहरु रहेका छन्। संघले आगामी नेपाल मगर विद्यार्थी संघ कास्की जिल्लाको ११ औं अधिवेशनमा उल्लेखनीय सहभागिता जनाउने तथा अन्य संकायका सबै मगर विद्यार्थीलाई एकजुट पारी जातीय हक हितका पक्षमा अगाडि बढ्ने अध्यक्ष विनोद रखालीमगरले जनाएका छन्।
 
Comments (1)
all the best
1 Monday, 08 March 2010 20:24
soaltee
all the best for the new committee and don't let the world move alone, in this 21st centuary we should come out with broad vision. keep it up

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)