HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home नेपाल तथा विश्व समाचार हङकङका कार्यवाहक सरकार प्रमुख माथी जुत्ता प्रहार

हङकङका कार्यवाहक सरकार प्रमुख माथी जुत्ता प्रहार

E-mail Print PDF
AddThis Social Bookmark Button
७ मार्च २०१०
 
हङकङको चाइवान स्थित हङकङ सरकारको गृह मन्त्रालयले आयोजना गरेको युवा विचार आदान प्रदान कार्यक्रममा एक युवकले हङकङ सरकारका कार्यवाहक सरकार प्रमुख तथा प्रमुख सचिव हेनरी ताडगलाई निशाना बनाउँदै जुत्ता प्रहार गरेका छन्। 

ती युवकलाइ जुत्ता प्रहार गरे लगत्तै हङकङ प्रहरीले पक्राउ गरेको छ। हङकङमा गत केही बर्ष देखि क्रियाशिल रहेको कलड पोस्ट एटीइ नामक संस्थाले हङकङ सरकारको विरुद्धमा विभिन्न प्रदर्शनहरु गर्दै आएको छ। उक्त संस्थाको प्राय सदस्यहरु सन् १९८० वा पछि जन्मिएका व्यक्तिहरु रहेका छन्। हङकङ सरकारको गृह मन्त्रालयले अयोजना गरेको युवा विचार आदान प्रदान कार्यक्रममा प्रमुख सचिव र गृह सचिवको पनि उपस्थिति रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य सरकार र युवा जनशक्ति प्रत्यक्ष छलफलका आधारमा अगाडि बढ्नका लागि विचार आदान प्रदान गर्नु रहेको थियो।

कार्यवाहक सरकार प्रमुख एवं प्रमुख सचिव हेनरी ताडग र गृह सचिव चाडग ताक सिंग र युवा समाजका अध्यक्ष बन्नी चानले संयुक्त रुपमा कार्यक्रम उदघाटन गर्ने योजना रहेको थियो। 

ती वेरोजगार युवाले सरकारले गरीब जनतालाई सहयोग नगरेको र न्यूनतम तलवको माग लागु नगरेको भन्दै एक जोड जुत्ता प्रहार गरेका थिए। प्रहरीका अनुसार ती युवक गत ९ महिना देखि वेरोजगार भएको खुल्न आएको छ। जुत्ता प्रहर भएता पनि प्रमुख सचिवले उक्त छलफल तथा विचार आदान प्रदान कार्यक्रममा उपस्थित युवाहरुले सोधेका प्रश्नहरुको जवाफ दिएर कार्यक्रम समापन पश्चात फर्किएका थिए।

सरकारले युवाहरुको आंखामा छारो हाल्न खोजेको र यो कार्यक्रममा युवाहरुको पक्षमा नभएको भन्दै करीब ३०-४० जनाको समुहमा रहेको ती युवाहरुले विरोध प्रदर्शन गरेका थिए।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)