HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home नेपाल तथा विश्व समाचार मगर विद्यार्थी संघ कालिका क्याम्पसको सातौं अधिवेशन सम्पन्न

मगर विद्यार्थी संघ कालिका क्याम्पसको सातौं अधिवेशन सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button
पोखरा २३ फाल्गुण

नेपाल मगर विद्यार्थी संघ कालिका बहुमुखी क्याम्पस समितिको सातौं अधिवेशन आज सम्पन्न भएको छ।
 
"वैज्ञानिक व्यवहारिक र संघीय शिक्षाप्रणालीको लागि हाम्रो आन्दोलन, सार्थक संविधान र मगरात स्वायत्तताको पक्षमा सातौं क्याम्पस अधिवेशन" भन्ने मूल नाराका साथ सम्पन्न अधिवेशनले रोशन पुनमगरको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ जसको उपाध्यक्ष, सचिव, सह-सचिव र कोषाध्यक्षमा क्रमशः एन्टिना थापामगर, नेत्र थापामगर, विजेन रोकामगर र लक्ष्मी पुनमगर रहनुभएको छ। त्यसैगरी सदस्यहरुमा फन्नु थापामगर, प्रताप थापामगर, अमृत आलेमगर, समीक्षा पुनमगर, सुनिता पुनमगर, मीना सारुमगर, खुमलाल मस्रांगीमगर, कुमार घर्तीमगर, मानव राम्जाली रोकामगर, कृष्णा थापामगर, जीवन श्रीसमगर, दिलीप बुढामगर, रुपा पुनमगर र नेशनल पुनमगर रहनुभएको छ।

नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य एवम् भाषा तथा संस्कृति विभाग प्रमुख रुद्रबहादुर श्रीसमगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका गण्डकी अंचल सह-सचिव दिलबहादुर आलेमगर, कास्की जिल्ला अध्यक्ष विष्णु थापामगर, सदस्यद्वय किरण थापामगर र अविनाश थापामगर, कालिका क्याम्पसका उपाध्यक्ष भीम पुनमगर, पूर्व अध्यक्ष बोमबहादुर पुनमगर लगायतले बोल्नुभएको थियो।

संघका निवर्तमान अध्यक्ष दिनेश काउचामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव प्रेम बुढामगरले गर्नुभएको थियो।

यसैबीच नेपाल मगर विद्यार्थी संघ कालिका उच्च मावि समितिको समेत पुनर्गठन गरिएको छ। पुनर्गठित समितिको अध्यक्षमा सिरेन्द्र पुनमगरलाई चयन गरिएको छ। उपाध्यक्ष, सचिव, सह-सचिव र कोषाध्यक्षमा क्रमशः सनिता थापामगर, वसन्त पुनमगर, विशाल पुनमगर र दुर्गा पुनमगर रहनुभएको छ। त्यसैगरी सदस्यहरुमा लक्की पुनमगर, ईमप्रसाद पुनमगर, सुजन पुनमगर, अनिता थापामगर, निर्मला आलेमगर, सबिता थापामगर, शर्मिला थापामगर, गीता रानामगर, पार्वती थापामगर, डबिन थापामगर, सम्झना रानामगर, जुनिता रानामगर, रिजन पुनमगर, हरि बुढामगर र गीता बुढामगर रहनुभएको छ।

नेपाल मगर विद्यार्थी संघ कास्कीका अध्यक्ष विष्णु थापामगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका जिल्ला कोषाध्यक्ष दिनेश काउचामगर, सदस्य किरण थापामगर लगायतले बोल्नुभएको थियो।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)