HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home नेपाल तथा विश्व समाचार बेलायतको निलम्बित वा बन्द कलेजमा आवेदन दिएका विद्यार्थीलाई भिसा जारी गर्न नसकिने

बेलायतको निलम्बित वा बन्द कलेजमा आवेदन दिएका विद्यार्थीलाई भिसा जारी गर्न नसकिने

E-mail Print PDF
AddThis Social Bookmark Button
७  मार्च २०१०  लन्डन, बेलायतको विदेश मन्त्रालयले निलम्बित वा बन्द कलेजमा आवेदन दिएका विद्यार्थीलाई भिसा जारी गर्न नसकिने स्पष्ट गरेको छ। मन्त्रालयले नेपाली दूतावासलाई पत्रमार्फत निलम्बनमा परेका बेला यूके बोर्डर एजेन्सीले त्यस्ता शैक्षिक संस्थामा पढ्न भिसा जारी गर्न नसक्ने स्पष्ट गरेको हो। बरु, उसले 'स्पोन्सरसिप लाइसेन्स' प्राप्त कलेज निलम्बित वा खारेज भएको अवस्थामा विद्यार्थीलाई आवेदन प्रक्रिया नै रद्द गर्न सुझाव दिएको छ। भिसा आवेदन शुल्क भने फिर्ता नहुने उल्लेख छ। अहिले हजारौं नेपाली विद्यार्थीका आवेदन प्रक्रियामा छन्।

कान्तिपुरलाई  प्राप्त दुई पृष्ठ लामो मन्त्रालयको पत्रमा भिसा पाइसकेका भए पनि कलेजको समस्या समाधान नभइञ्जेल यात्रा नगर्न विद्यार्थीलाई सल्लाह दिइएको छ। विद्यार्थीले कलेजमा ड्राफ्ट पठाइसकेपछि यहाँका सयौं कलेज निलम्बित हुनु र लगत्तै बेलायतले विद्यार्थीका भिसा आवेदन प्रक्रियासमेत स्थगित गरेपछि बेलायत भित्रिइसकेको विद्यार्थीको पौने दुई अर्ब रकम फिर्ता हुने /नहुने अन्योल छ। मन्त्रालयले तिरिसकेको रकम फिर्ता गर्ने सवाल शैक्षिक संस्था र विद्यार्थीबीचको समझदारीमा मात्र हुन सक्ने जनाएको छ। उसले विद्यार्थीलाई यसबारे थप सल्लाह चाहिएमा 'दि काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट अफेयर्स' र 'बि्रटिस एक्रिडेसन कमिटी' मा सम्पर्क गर्न पनि भनेको छ।

बेलायत नआउँदै कलेज बन्द भइसकेको अवस्थामा विद्यार्थीका भिसासमेत रद्द गरिने छ। विद्यार्थी बेलायतमै आइसकेको अवस्थामा ६ महिनाभन्दा बढी भिसा अवधि छ भने उसले दुई महिनाभित्र अर्को लाइसेन्सप्राप्त कलेज खोज्नुपर्ने, नभए देश छाड्नुपर्ने सर्त राखिएको छ। बेलायतले विद्यार्थीको आवेदन प्रक्रिया अनिश्चितकालका लागि बन्द गरेपछि गत १५ फेब्रुअरीमा मन्त्रालयलाई पत्रमार्फत ध्यानाकर्षण गराई दूतावासले समस्या राखेको थियो। जसमा पहिलो, कलेजहरूलाई 'फि' तिरेर भिसा लेटर पाइसकेका विद्यार्थीले कहिलेसम्म भिसा कुर्नुपर्ने हो, नहुने हो भने तिनीहरूको पैसा फिर्ता गराउन के प्रक्रिया हुन सक्छ ? दोस्रो, एकेडेमिक सेसनको बीचमा आएर कलेज निलम्बन वा बन्द भइदिँदा पढाइ सुचारु हुने/नहुने सम्बन्धमा विद्यार्थीमा चिन्ता बढेको र अन्तिम भिसा पाइसकेपछि निलम्बन वा बन्द भएका कलेजका विद्यार्थी यूके आउन हुने/नहुने स्पष्ट पार्न आग्रह गरेको थियो।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)