पूर्ण बिक पहाडी
रियाद, साउदी अरब
नेपालबाट आएका कलाकारहरु इशा आले, देवी घर्ति र जगदिश समालका साथमा साउदी अरबको रियाद क्षेत्रका स्थानीय कलाकारहरु समेतको संयुक्त प्रस्तुती रहेको नेपाली सांस्कृतिक कार्यक्रम ५ मार्चको बेलुका १० वजे रियादमा सम्पन्न भएको छ। प्रवासमा पनि आफ्नो कला, भेष भुषा, संस्कृति र सभ्यता जोगाई राख्न तथा एउटा पनि पब्लिक सिनेमा हल नभएको यस साउदी अरबका तमाम श्रमजिबी नेपालीहरुलाई केहि घण्टा मनोरंजन दिन सफल यो सांस्कृतिक कार्यक्रमलाई प्रबासी लांघाली मगर संघ साउदी अरबले २७ औं मगर दिवस तथा फागु पूर्णिमाको अवसर पारेर दमाम र रियादमा आयोजना गरेको हो।
राजदुत श्री हमिद अन्सारीको प्रमुख आतिथ्य तथा आयोजक प्रबासी लांघाली मगर संघका सभापति बिष्णु थापाको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाहरुका अग्रज महानुभावहरु, बुद्धिजिबी, ब्यापारी, पत्रकारका अतिरिक्त केहि साउदीहरु पनि अतिथिका रूपमा आशिन थिए। कृणा शर्मा सुवेदीलाई एन आर एन साउदी अरब सँस्थापक भनेर आतिथ्यमा बोलाईको थियो।
दर्शक धेरै भएको कारण हल परिवर्तन गरिएको थियो १२ सय क्षमता रहेको हलमा नेपाली दर्शकहरुले भरिएको थियो जसमा महिला दर्शकहरुको पनि उल्लेख्य उपस्थिति देखिन्थ्यो।
ईशा आलेको आफ्नै उद्घोषण तथा संचालनमा अघि बढेको यस सांगीतिक माहोलमा उनको आफ्नै एकल नृत्य कार्यक्रमका आकर्षक प्रस्तुती बनेका थिए भने लोक गायिका देवी घर्ति तथा आधुनिक गायक जगदिश समाल का सुरिला गीतहरुले पनि दर्शकहरुलाई मुग्ध मात्रै पारेनन् धेरैलाई आ आफ्नो सिटबाट उठेर नचाए पनि। कार्यक्रमको त्यत्तिकै महत्वपुर्ण र गर्ब गर्न लायकको अर्को पक्ष स्थानीय कलाकारहरुको प्रस्तुती पनि थियो।
साउदी अरबमा रहनुभएका स्थापित राष्ट्रिय गायकद्वय तिलक गुरुंगले आ आफ्नै एल्बमबाट गीतहरु प्रस्तुत गर्नुभयो। सुपरिचित गायकद्वय बिज्ञान राई र नागेश तामांगले सुमधुर र स्तरीय गीतहरुले साउदी अरबमा पनि गायक कलाकारहरुको कमी छैन भन्ने अनुभूति गराएका थिए। यस अघिका कार्यक्रमहरुमा घिन घिनको गीतमा मात्रै नाच्दै आएका बाल कलाकार आदित्य सुनारीले यसपाला भने नयाँ गीतमा नाचेर आँफु अन्य गीतहरुमा पनि तेत्तिकै बेजोड नृत्य प्रस्तुती दिन सक्ने प्रमाणित गरे।
सांस्कृतिक कार्यक्रम भएकाले भाषण तथा मन्तब्यलाई सिमित राखिएको थियो। बक्ताहरुमा प्रमुख अतिथि हमिदअन्सारी, मिनिस्टर काउनसुलर पारस घिमिरे, मगर संघका अध्यक्ष बिष्णु थापा, उपाध्यक्ष जीवन थापा र एन आरएन ए आइ सी सी सदस्य राम बेलवासे, विषेश अथिति जनजाति महासंघका अध्यक्ष होम सुनारी मगर, दुताबासका प्रथम सचिब खडग् दाहाल, जनप्रगतीशिल मंचका कावा अध्यक्ष श्री गिरीराज न्यौपाने हुनुहुन्थ्यो।
युनिटी लाईफ क्नफिडेन्स ग्रुपका रोयल्टी होलडर रबिन्द्र खड्का, चिरन्जिवी अर्याल, शिशिर पाण्डेद्धारा कलाकारहरुलाई आजिवन स्वास्थ्य सुविधा उपहार स्वरुप प्रदान गरियो। कार्यक्रममा कुमारी फेन्सीका प्रो: श्री सनपुनले भाग्य चिठ्ठा मार्फत उपस्थित दर्शकहरुलाई उपहार प्रदान गर्नु भयो। विभिन्न बैक, सहकारी, बहराईन एयरलाईन्सले कार्यक्रमा प्रयोजन गरेका थिए। कार्यक्रममा होम सुनारी मगर द्धारा जनजाती महासंघ फन्टको लागी ५० हजार तथा छोटु थापा मगर द्धारा २५ हजार जम्म गर्नु भएको थियो।
कार्यक्रमको अर्को महत्वपुर्ण पक्ष यो थियो कि यसपाला आयोजकले सम्भवत: जनमतलाई बुझेरै होला, यस अघिका यस्तै कार्यक्रमका तुलनामा टिकट दर निकै कम निर्धारण गरेको थियो, दर्शकहरुको लागी खानाको ब्यवस्था नेपाली होटलका प्रो श्री कृष्ण थापा मगरले प्रायोजन गरेका थिए। ५० रियालको टिकटमा खाना र यातायातको ब्यवस्था थियो, प्राबिधिक पक्ष पनि निकै सुधारिएको देखियो। कार्यक्रममा विभिन्न स्थानबाट सहयोग गर्नुहुने महानुभावहरुलाई सम्मान र प्रशंसा पत्र प्रदान गरिएको थियो। समग्रमा यो कार्यक्रमलाई सफल नै मान्नु पर्दछ, यस्ता कार्यक्रम साउदी अरबमा पहिला पनि भएका थिए, तर यस्तो किसिमको ब्यवस्था थिएन।

















