Home नेपाल तथा विश्व समाचार षड्यन्त्र भए तेस्रो जनआन्दोलनबाट जनसंविधान

षड्यन्त्र भए तेस्रो जनआन्दोलनबाट जनसंविधान

E-mail Print PDF
काठमाडौं २२ फागुन

एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य "किरण" ले जनताको संविधान र दिशो शान्ति निर्माण प्रकृयामा षड्यन्त्र भए तेस्रो जनआन्दोलनबाट जनसंविधान लेखिने बताउनुभएको छ।

षड्यन्त्रका सम्भावनाहरु प्रशस्तै बढेर गएको बताउनुहुँदै उहाँले षड्यन्त्र अगाडि बढे जनताले सङ्घर्ष गर्ने र त्यसको नेतृत्वमा माओवादीले गर्ने बताउनुभएको छ। "धोका दिए जनता सङ्घर्षमा जान्छन्" अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ नेवाः राज्य समितिको दोस्रो सम्मेलनको उद्घाटन समारोहलाई आज बिहान राजधानीमा सम्बोधन गर्नुहुँदै उपाध्यक्ष किरणले भन्नुभयो "त्यो सङ्घर्षको नेतृत्व गर्न माओवादी तमतयार भएर बसेको छ।"

आवश्यक परे त्यो सङ्घर्ष तेस्रो जनआन्दोलनको रुपमा अगाडि बढ्ने उहाँको भनाई छ। तेस्रो आन्दोलनबाटै जनसंविधान जारी गरिने बताउनुभएका उपाध्यक्ष किरणले त्यो संविधान जनताको संविधान हुने बताउनुभयो। "आवश्यक परे तेस्रो जनआन्दोलन हुन्छ र त्यसैबाट जनसंविधान निर्माण हुन्छ" उहाँको भनाई थियो।

अब बन्ने संविधान जनताको सङ्घीय गणतन्त्रामक हुने पर्ने धारणा राख्नुहुँदै वरिष्ठ उपाध्यक्ष किरणले त्यसले जनवाद राष्ट्रियता जनजिविका सबै समस्याको हल हुनुपर्ने बताउनुभयो। "अब बन्ने जुन नयाँ संविधान हो त्यो जनतको सङ्घीय गणतन्त्रामक संविधान हुनुपर्छ" उहाँले भन्नुभयो "अबको संविधानले जनवादको समस्या राष्ट्रियताको समस्या जनजिविकाको समस्या उत्पीडित जाति क्षेत्र लिङ्ग वर्गको समस्या समाधान गर्नुपर्छ।" पूरानै संविधान बने त्यसको कुनै औचित्य नहुने उहाँको भनाई थियो।
एमाले काङ्ग्रेस लगायतका पार्टीका नेताहरु यथास्थितिमै रहन चाहे पनि आम नेपाली जनताले नयाँ संविधान निर्माणमा माओवादीलाई साथ दिने उपाध्यक्ष किरणको भनाई छ। "एमालेका काङ्ग्रेसका नेताको कुरा सुन्दा पश्चगामी यथास्थिति विचार हावि हुन थालेको देखिन्छ" उहाँले भन्नुभयो "नेपाली जनता कतिपय माओवादी विरोधी भए पनि सबैको सोंच परिवर्तनको सम्बाहक माओवादी नै हो भन्ने छ नयाँ संविधान निर्माणमा जनताले पूर्ण साथ दिन्छन्।"

महासङ्घको सम्मेलन त्रिभुवन विश्वविद्यालयको अडिटोरियन हलमा बिहानदेखि चलिरहेको छ। साँझसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएको छ। महासङ्घको राष्ट्रिय सम्मेलनको तयारी स्वरुप देशव्यापी क्षेत्रीय तथा जिल्ला सम्मेलनमा महासङ्घ जेटेको छ।

सम्मेलनमा काठमाडौं उपत्यका भित्र रहेका प्रगतिशिल तथा जनवादी कलाकार साहित्यकार लेखक सहभागी छन्। माओवादी पोलिट्व्यूरो सदस्य निनु चापागाई महासङ्घका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीलगायतले प्रशिक्षण दिईरहनुभएको छ।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)