HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home नेपाल तथा विश्व समाचार पाल्पामा औद्योगिक व्यापार मेला एवं पर्यटन महोत्सव शुरु

पाल्पामा औद्योगिक व्यापार मेला एवं पर्यटन महोत्सव शुरु

E-mail Print PDF
AddThis Social Bookmark Button
हरि बहादुर सारुमगर
पाल्पा फागुन २२
 
उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा पाल्पाको तानसेनमा शुक्रवार देखि औद्योगिक व्यापार मेला एवं पर्यटन महोत्सव-२०६६ शुरु भएको छ।  विशेषगरि पाल्पाको पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास संगै स्थानिय घरेलु तथा कुटीर उद्योग र कृषिजन्य बस्तुको पहिचान एवं विकासको लागि यो महोत्सवको आयोजना गरेको हो।

फागुन २९ गते सम्म चल्ने महोत्सव कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष कुश कुमार जोशीले मुलुकमा दिगो शान्ति र लगानी गर्ने उद्यमी व्यापारीको सुरक्षाको प्रत्याभुति नहुदाँ सम्म मुलुकको औद्योगिक क्षेत्रको विकास र प्रवद्र्धन हुन नसक्ने बताउनुभयो। उहाँले राज्यले मुलुकमा शान्ति सुरक्षाको कायम गर्न नसके सम्म स्वदेशी पुँजी विदेश  प्लायन हुने क्रम बढ्दै जाने बताउनु भयो।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका महासंघका अध्यक्ष जोशीले उद्योग कल कारखाना र व्यापार बन्द गरेर सरकारलाई चापी बुझाउने आफुहरुको रहर नभई वर्तमानमा शान्ति सुरक्षा कायम हुन नसक्दाको बाध्यात्मक अवस्था भउको दावी गर्नु भयो। उहाँले राज्यले उद्योगी व्यवसायीहरुलाई सुरक्षाको प्रत्याभुति दिन नसके औद्योगिक सुरक्षा बल गठन गर्न बाध्य हुने चेतावनी समेत दिनु भयो ।

उद्यमीहरुले कर नतिरेमा कानुनी प्रक्रिया अनुसार दण्ड सजाय र जरिवाना तिर्नु पर्ने हुन्छ तर मुलुकमा तोकिएको समयामा नयाँ सविधान निर्माण हुन नसके संविधानसभाका सभासदहरुलाई के गर्ने  भन्ने कुरा प्रति चिन्ता गर्दै महासंघका अध्यक्ष जोशीले भन्नु भयो सरकार र सभासदहरु पहिला संविधान निर्माण र शान्ति प्रकि्रयालाई तार्किक निश्कर्षमा पुर्याउन त्यस तर्फ लाग्नु पर्छ। 

राज्य र राजनैतिक दलहरुले औद्योगिक क्षेत्रको विकास र मुलुकको आर्थिक संवृद्धिको लागि पहिला निजि क्षेत्रलाई प्रोत्साहन गर्नु पर्ने उहाँको धारण रहेको थियो। पाल्पाको समग्र विकास प्रकि्रयालाई अगाडि बढाउन दरिलो आधार भनेको यहाँको पर्यटन क्षेत्र नै हो त्यसैले यसको विकासमा बेलैमा सवैको प्रतिवद्धता र सहयोगको आवश्यक्ता पनि उत्ति हुनु पर्ने महासंघका अध्यक्ष जोशीको विचार थियो।

त्यसैगरि संविधानसभाका सभासद नारायणी घिमिरेले पाल्पाको सामाजिक आर्थिक शैक्षिक पर्यटन र सांस्कृतिक विविधतालाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चिनाउन सवैको एकता र समन्वय हुन आवश्यक रहेको बताउनुभयो।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष भुषण राजलवटको अध्यक्षता र महासचिव भिमसेन कार्कीको साचालनमा भएको उक्त कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष यादव बहादुर रायमाझी एकिकृत नेकपा माओवादीका जिल्ला ईन्चार्ज नेत्र पाण्डे नेपाली काँग्रेसका जिल्ला सभापति राजन पन्त राष्ट्रिय जनमोर्चाका  सोम कुमार कार्की राष्ट्रिय प्रजातन्त्र पार्टीका डुल बहादुर कुँवर नेकपा एकिकृतका नविन थापा पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष प्रकाश नेपाल पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष द्वय राजु महर्जन मधुदयाल सैंजु पाल्पाका प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मी पाल्पाका स्थानिय विकास अधिकारी कृष्ण चन्द्र घिमिरे प्रविना रावल लगायतले महोत्सवको सफलताको लागि शुभकामना दिएका थिए। उद्घाटन समारोह पुर्व झुकी एवं जनचेतना र् याली सहित तानसेन नगर परिक्रमा गरेको थियो। मेलामा १५० भन्दा बढी स्टलहरु राखिएको छ भने प्रमुख आकर्षकको रुपमा आदि मानव रामापिथेकसको पुर्ण कद सहितको प्रतिमा पनि राखिएको छ जसले आन्तरिक र बाह्य पर्यटकहरुको मन तान्न सक्ने विचार पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष भुषण राजलवटको रहेको छ।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)