HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home नेपाल तथा विश्व समाचार कपिलवस्तुमा एक हजार सरकारी घर निर्माण हुने

कपिलवस्तुमा एक हजार सरकारी घर निर्माण हुने

E-mail Print PDF
AddThis Social Bookmark Button
हरि बहादुर सारुमगर 
कपिलवस्तु 
फागुन २२गते  

जनता आवास कार्यक्रम अन्तर्गत कपिलवस्तुमा दलित गरिव र विपन्न समुदायका एकहजार घरहरु निर्माण हुने भएका छन्। जिल्लामा यसले आर्थिक रुपले विपन्नहरुमा उत्साह थपेको छ। नेपाल  सरकारले ०६६/०६७ को आर्थिक वर्षको वजेट भाषणमा गरीव र दलितका लागी जनता आवास कार्यक्रम घोषणा गर्दै  मुलुकभरका ३ जिल्लामा ३ हजार घर निर्माण गर्ने वताएको थियो।  

जनता आवास आन्र्तगत कपिलवस्तु सप्तरी र सिराहा गरी ३ जिल्लामा गरी ३ हजार घर निमार्ण गरीने छ।  कपिलवस्तु जिल्लाका ५ वटा निर्वाचन क्षेत्र अन्तर्गत १;१ वटा गाविसहरुमा २ सयका दरले १ हजार सरकारी सहयोगका  घर निर्माण गर्न शुरु गरिएको शहरी डिभिजन कार्यालय भैरहवाले जानकारी गराएको छ। कपिलवस्तु जिल्लामा गरीव  तथा दलित र विपन्न मुश्लिम समुदायका करीव १९ जातका समुदायलाई प्राथमिकता दिई भवन निर्माण गर्न लागिएको छ। जिल्लाको क्षेत्र नं १ को हरिहरपुर गाविसक्षेत्र नं २ को धरमपनिया गाविसक्षेत्र नं. ३ को सोमडी गाविस क्षेत्र नं. ४ को चनई गाविस र क्षेत्र नं. ५ को रामनगर गाविस छनोटमा परेका छन्। सो कार्यक्रम आन्र्तगत प्रति घर बराबर १ लाख पर्ने गरी १० करोड बजेट निकासा भएको छ। डिभिजन कार्यालयका अनुसार १लाखमा घर निमार्ण गर्न नसकिने भनी प्रतिघर १लाख ३५ हजारको स्टोमेट बनाएको छ। जस अन्तरगत जसको घर बन्नेहो उसले रु १० हजार लगानी गर्नुपर्ने छ। कपिलवस्तुवाट सभासद रहेकी शान्ति देवि हरिजनले सरकारको जनता आवास कार्यक्रमले जनतामा अत्यनते उत्साह थपेको वताउँछिन्।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)