HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home नेपाल तथा विश्व समाचार बेलायती पूर्व गोर्खा सैनिकहरुको पेन्सन बृद्धि

बेलायती पूर्व गोर्खा सैनिकहरुको पेन्सन बृद्धि

E-mail Print PDF
AddThis Social Bookmark Button
६ मार्च २०१०  काठमाडौ, बेलायती सेनाबाट अवकास पाएका पूर्वगोर्खा सैनिकहरुको पेन्सन ११ दशमलव ३ प्रतिशतले बृद्धि भएको छ । सन् २०१० को अपि्रल १ बाट लागु हुने गरी बेलायती सरकारले यो घोषणा गरेको हो । बेलायती दूतावासले यहाँ जारी गरेको बिज्ञप्तिमा रक्षा मन्त्रालयले नेपालको मृल्यबृद्धिको आधारमा पेन्सन बढाउने घोषणा गरेको उल्लेख छ । सन् २००९ मा नेपाल राष्ट्र बैंकले ११.३ प्रतिशत मुल्य बृद्धि भएको तथ्यांक प्रस्तुत गरेको उल्लेख गरिएको छ ।

'यो पेन्सनको बृद्धिले पूर्वगोर्खाहरुको सम्बन्धमा हाम्रो प्रतिबद्धता प्रतिबिम्बित हुन्छ' बेलायती राजदूत डा. एन्ड्रु हलले भने, 'गोर्खाहरु दुई देशबीचको निकट सम्बन्धका प्रतिक हुन् ।बेलायती सेनाबाट अवकास पाएका करिव ३० हजार गोर्खाहरु छन् । तिनीहरु मध्ये कतिपय अवासीय भिषा पाएर बेलायत गइसकेका छन् । साथै गोर्खाहरुले लामो समयदेखि बेलायती समकक्षी बराबरको पेन्सन पाउनु पर्ने माग गर्दै आएका छन् ।  
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)