HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home नेपाल तथा विश्व समाचार तोकिएको समयभित्र संविधान लेखिने संभावना झन-झन न्यून हुँदै

तोकिएको समयभित्र संविधान लेखिने संभावना झन-झन न्यून हुँदै

E-mail Print PDF
AddThis Social Bookmark Button
६ मार्च २०१०  एकीकृत संविधानको पहिलो मस्यौदा तयार हुने दिन शुक्रबारसम्म पनि आवश्यक ११ मध्ये दुईवटा प्रतिवेदन मात्र संविधान लेख्ने मुल समितिलाई प्राप्त भएपछि तोकिएको समयभित्र संविधान लेखिने संभावना झन-झन न्यून हुँदै गएको बताइएको छ।संविधानसभाको कार्यतालिकामा भएको नवौं संशोधनले माघ २२ देखि फागुन २१ गतेसम्म एक महिनाको समय संविधानको पहिलो मस्यौदा तयार पार्न छुट्याएको थियो। मस्यौदा शुरु गर्नुअघि समितिसँग सबै ११ वटा समितिका प्रतिवेदन संविधानसभाबाट पारित भएर आइसक्नुपर्छ।

पहिले परिकल्पना  गरिए बमोजिमको पूर्णस्वरुपको  संविधान त के संक्षिप्त स्वरुपको संविधान जारी गर्न समेत ढिला भइसकेको समितिका सभापति नीलाम्बर आचार्यले बताए। उनले भने, “सरकार कसरी बन्छ, को प्रति उत्तरदायी हुन्छ, चुनाव कसरी हुन्छ भन्ने जस्ता मूल कुरामै प्रवेश नगरेपछि संविधान त बन्दैन।संविधान निर्माणका १५ वटा चरण मध्ये अहिले छैठौं चरणमा मात्र पुगिएको आचार्यले बताए। अब कस्तो संविधान, कहिले र कसरी दिने भन्नेबारे दलहरुले संयुक्तरुपमा सर्वसाधारणलाई जानकारी दिनुपर्ने आचार्यको भनाइ थियो। उनले भने, “एक्लाएक्लै भनेर हुन्न, दलहरुले संयुक्त रुपमा जेठ १४ मा संविधान बन्ने भए कसरी बन्ने र नबन्ने भए कसरी नबन्ने भन्ने जानकारी दिनुपर्‍यो।” काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, दलहरु तत्काल एक ठाउँमा आउनसक्ने नदेखिएकाले जेठ १४ गते संविधान जारी हुने संभावना झनझन न्यून हुँदै गएको छ।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)