HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home नेपाल तथा विश्व समाचार नक्कली कागजपत्र देखाई करीब साढे दुई अर्ब रुपियाँ बराबरको विदेशी मुद्रा अपचलन

नक्कली कागजपत्र देखाई करीब साढे दुई अर्ब रुपियाँ बराबरको विदेशी मुद्रा अपचलन

E-mail Print PDF
AddThis Social Bookmark Button
६ मार्च २०१०  चीनबाट उन आयात गरिएको नक्कली कागजपत्र देखाई करीब साढे दुई अर्ब रुपियाँ बराबरको अमेरिकी डलर अपचलन गरेको आरोपमा एउटा कम्पनी विरुद्ध शुक्रबार अदालतमा मुद्दा दायर गरे लगत्तै अधिकारीहरुले नौलो प्रविधिको आवश्यकता औंल्याएका छन्।विदेशी मुद्रा अपचलन गर्नेहरुले आयात गर्न चाहिने भन्सार प्रज्ञापनपत्र, रसीद लगायत सबै नक्कली कागजपत्र पेश गरेर बैंकबाट विदेशी खातामा डलर जम्मा गरेका थिए। चीनबाट उन ल्याउन भनेर नक्कली कागज पेश गरेकाहरुले उन नल्याइकन साढे तीन करोड डलर अर्थात् करीब साढे दुई अर्ब रुपियाँ हंगकंग लगायत चीनका बैंकहरुमा लगेर थुपारेका बताइएको छ।

सबैलाई छक्याएर  गरिएको भनिएको यस्तो अपराध  रोक्न सम्बन्धित निकायहरुबीच कम्प्युटरको माध्यमबाट आफसेआफ सूचना आदान प्रदान गर्ने प्रणाली प्रयोग गर्नुपर्ने अनुसन्धानमा खटिएका अधिकारीहरुले बताएका छन्। राजस्व अनुसन्धान विभागका प्रमुख महेश दाहालले भने, “भन्सार, राष्ट्र बैंक, भुक्तानी दिने बैंक तथा अनुसन्धान गर्ने निकायबीच अनलाईन सम्पर्क स्थापित भयो भने कसैले कुनै काम गर्ने बित्तिकै थाहा हुन्छ।”

उक्त अपराध  गरेको आरोप लागेको न्यू दाहाल  बीजीनेस इन्टरप्राइजेजका दुईजना विरुद्ध राजस्व अनुसन्धान विभागले शुक्रबार काठमाण्डौ जिल्ला अदालतमा अपचलन गरेको भन्दा तीन गुना बढी जरिवाना माग गर्दै मुद्दा दायर गरेको छ। ती दुईमध्ये एकजना अझै फरार रहेको जनाइएको छ।

तर यस्तो  खालको अपराध गर्ने यो मात्रै एउटा कम्पनी भने नरहेको अधिकारीहरु स्वयं बताउँछन्।न्यू टिना इन्टरप्राइजेज भन्ने कम्पनीले पनि अपचलन गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। त्यस्तै अन्य केही कम्पनीहरुको पनि संलग्नता छ भन्ने देखिएको छ,” दाहालले बताए। देशबाट ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएर भुक्तानी सन्तुलनमा गम्भीर घाटा लागेको भनेर समाचारहरु आएको बेला डलर अपचलन गर्ने नौलो शैली पत्ता लागेको हो। अनुसन्धानकर्मीहरुभन्दा दुई कदम अगाडि अपराधीहरु दौडिरहेको देखिएको बेला नौला आर्थिक अपराधसंग जुध्न सूचना प्रविधिजस्ता नौला उपाय अपनाउन अब ढिलो गर्न नहुने धेरैको राय छ।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)