हरि बहादुर सारुमगर
बुटवल माघ २४
नेपाल मगर संघ जिल्ला कार्य समिति रुपन्देहिले बुटवलमा संचालन गरेको ६ दिने मैनबत्ति तालिम सकिएको छ। मगर महिलाहरुलाई आफनो हक अधिकारको माग सगै आत्म निर्भर र आम्दानी मुलक सीप सिकाउनको लागि यो तालिमको आयोना गरेको आयोजकलेजनाएकॊ छ।
तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी माया गर्वुजाले सिकेका सिपलाइ खेर नफाल्न आग्रह गर्नुभयो। बरिष्ठ समाजसेवी मनविर गर्वुजाले परम्पराले महिलालाई पछाडि पारेको स्मरण गर्दै कर्तव्यनिष्ट भएर काम गरे हक अधिकार प्राप्त गर्न सकिने बताउनुभयो। मगर महिला संघ रुपन्देहिकी अध्यक्ष मिना थापाको सभापतित्वमा भएको कार्यक्रममा समाजसेवी माया गर्वुजाले मगर महिला संघ रुपन्देहिलाई पाच हजार रुपैया सहयोग प्रदान गर्नु भयो।
यसैबिच मगर महिला संघ रुपन्देहिले पत्रकार टेक बहादुर मास्की रानालाइ प्रेस सल्लाहाकार तथा संघको सल्लाहाकारमा समाजसेवीद्धय मनविर गर्वुजा माया गर्वुजा होम बहादुर गलामी गोविन्द पुन र थम बहादुर गाहालाइ चयन गरेको छ।


















