आज बडादशैँ

E-mail Print PDF
AddThis Social Bookmark Button

२६ अक्तोवर  २०२०, नेपालमा धुमधामका साथ मनाइने बडादशैँको प्रमुख दिन आज परेको दशमीमा आफूभन्दा ठूला र मान्यजनबाट टीका तथा जमरा लगाएर आशिर्वाद लिने गरिन्छ।

त्यसको निम्ति उत्तम साइत १० बजेर १९ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।तर कोरोनाभाइरसको महामारीका कारण अन्य चाडपर्व जस्तै यस वर्षको दशैँ पनि प्रभावित बनेको देखिएको छ।

अघिल्ला वर्षहरूमा राष्ट्रपति, प्रधानमन्त्री र पूर्व राजा लगायत उच्च पदस्थ अधिकारी र नेताहरूले सर्वसाधारण एवम् आफू मातहतका कर्मचारी तथा कार्यकर्ताहरूलाई टीका लगाइदिने चलन थियो।यसपटक कोरोनाभाइरसको महामारीका कारण त्यसो नगरिने बताइएको छ।

घटस्थापनाबाट सुरु हुने बडादशैँमा नवरात्रीमा ब्रत बस्ने र विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा पूजा अर्चना गर्न जाने चलन छ। नवरात्रीपछि दशौँ दिन देवी विसर्जन गरिन्छ।नवरात्रीमा शक्तिको उपसना गरिन्छ। त्यसको अर्थबारे नेपाल संस्कृत विश्व विद्यालय, धर्मशास्त्र विभागका सहप्राध्यापक वासुदेव खनाल भन्छन्, ूशक्तिको उपसना गर्नाले पहिलो कुरा आत्मशान्ति प्राप्त हुन्छ। दोस्रो शक्तिको आराधना गर्दा छुट्टै किसिमको उर्जा, तेज, शक्ति, क्षमता प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ।

नेपालमा मनाइने हरेक पर्व अध्यात्म साधनासँग जोडिएको पूर्वराज्यमन्त्री एवम् संस्कृतिविद् कान्ता भट्टराईको भनाइ छ।दशैँ पर्व झन् शक्तिकै आराधनाको चाड भएको बताउँदै उनी भन्छिन्, ूयो कुनै वर्ग विशेषको मात्र नभइ सम्पूर्ण नेपालीहरूको पर्व हो। यसले सबै नेपालीलाई बाँधेको छ।

सरकारले कोरोनाभाइरसको महामारीको जोखिमलाई ख्याल गर्दै जो जहाँ छ त्यहीँ चाडपर्व मनाउन बारम्बार आग्रह गर्दै आएको छ।गच्छे अनुसार विभिन्न परिकार बनाएर सक्दो मिठो खाने र राम्रो लुगा लगाउने पर्वको रूपमा पनि दशैँलाई लिने गरेको पाइन्छ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने १५ दिन लामो बडा दशैँ औपचारिक रूपमा कोजाग्रत पूर्णिमाको दिन सम्पन्न हुन्छ। नेपाली त्यो पूरै रात जागेरै धनकी देवी महालक्ष्मीको आराधना गरिन्छ। यसपटक मलमास भनिने अधिकमास परेकाले दशैँ पछि सरेको हो।

यसअघि टाढा रहेका इष्टमित्र र नाता कुटुम्बसँग लामो समयपछि भेटघाट गर्ने अवसरको रूपमा पनि यो पर्वलाई लिने गरिन्थ्यो। सर्वसाधारणहरूको चहल पहल कम देखिन्छ।यस लगत्तै पर्ने तिहार, नेपाल सम्बत र छठ पर्व पनि धुमधामका साथ मनाउने चलन छ।