Home नेपाल तथा विश्व समाचार भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

E-mail Print PDF
AddThis Social Bookmark Button

३१ अगष्त  २०२०, लामो समयदेखि बिरामी रहेका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा सोमबार निधन भएको छ । मस्तिष्कको सर्जरी गरेर दिल्लीस्थित आर्मी आरआर अस्पतालमा उपचाररत उनी कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितसमेत बनेका थिए । सोमबार उनका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्विटरमार्फत् उनको निधन भएको पुष्टि गरेका हुन् ।

श्रीमती इन्दिरा गान्धीको पालादेखि नै उनी चर्चामा रहेका नेता हुन्।बङ्गालको राजनीतिमा कुनै समय कङ्ग्रेसको निकै ठूलो वर्चस्व रहेको थियो र त्यहीँका मुखर्जी अरूभन्दा भिन्न नेता मानिन्छन्। उनी स्थानीय राजनीतिभन्दा पनि आफ्नो क्षमताले स्थापित भएका नेता थिए।

उनको स्मरणशक्ति एकदमै बलियो थियो। सन् १८८५ मा गठन भएको कङ्ग्रेसको त्यसयताका हरेक अधिवेशनका प्रस्तावहरू र तिनका सङ्ख्या समेत सम्झिने क्षमता उनमा थियो।परराष्ट्रमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र राष्ट्रपतिजस्ता पद पाउने बिरलै नेताहरूमा उनी पर्छन्। पछिल्लो समयमा उनी कङ्ग्रेस पार्टीको स्मृति इतिहासका रूपमा पनि थिए।

नेपालका धेरै नेताहरूसँग उनको आत्मीय सम्बन्ध थियो । उनले भारतीय विदेशमन्त्रीको जिम्मेवारी त्यतिबेला लिए, जतिबेला नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा थियो ।

विदेशमन्त्री भएपछि पहिलोपटक मुखर्जी सन् २००६ को डिसेम्बरमा राजा ज्ञानेन्द्रलाई सार्क सम्मेलनको निम्तो दिन नेपाल भ्रमणमा आएका थिए । त्यतिबेला उनले राजनीतिक दलका नेताहरूसँग भेटघाट गरेका थिए ।नेपालमा राजतन्त्रको अन्त गरी गणतन्त्र स्थापनाका लागि दलहरूले लिएका कदमहरुको उनले खुलेर प्रशंसा गरेका थिए ।