Home नेपाल तथा विश्व समाचार चीनको संसद्‌ले हङ्‌कङका लागि प्रस्तावित नयाँ सुरक्षा कानुनलाई समर्थन

चीनको संसद्‌ले हङ्‌कङका लागि प्रस्तावित नयाँ सुरक्षा कानुनलाई समर्थन

E-mail Print PDF
AddThis Social Bookmark Button

२८ मे २०२०, चीनको संसद्‌ले हङ्‌कङका लागि प्रस्तावित नयाँ सुरक्षा कानुनलाई समर्थन प्रदान गरेको छ।

 

प्रस्तावित कानुनमा हङ्‌कङमाथि चीनको अधिकारलाई अस्वीकार गरे अपराध ठहर हुने प्रावधान छ।अब उक्त प्रस्तावित कानुनबारे चीनको उच्च नेतृत्वले निर्णय गर्नेछ।उक्त कानुनले हङ्‌कङको विद्यमान राजनीतिक हैसियत समाप्त हुने चिन्ता धेरैले व्यक्त गरेका छन्।त्यसले चीनले आफ्नै सुरक्षा निकाय स्थापना गर्ने सक्नेछ। चीनविरोधी प्रदर्शन सुरु भइरसकेको छ।

हङ्‌कङको संसद्‌मा चिनियाँ राष्ट्रगातबारे प्रस्तावित कानुनबारे छलफल हुँदा बुधवार हङ्‌कङमा भिडन्त भएको थियो। सयौँ मानिसहरू पक्राउ परेका थिए।बिहीवार पनि संसद्‌मा छलफल चल्दा तनावपूर्ण स्थिति छ।संसद्‌बाट कम्तीमा दुईजना प्रजातन्त्रवादी सांसदहरूलाई बाहिर निकालिएको थियो।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिकी संसद्‌मा एउटा जानकारी दिँदै हङ्‌कङ अब अमेरिकी कानुनबमोजिम विशेष व्यवहारका लागि योग्य नहुने बताएका छन्।संसद्‌मा पोम्पेओको त्यस्तो भनाइको प्रभाव अमेरिका(हङ्‌कङ व्यवहारमा निकै धेरै पर्न सक्छ।विदेशमन्त्रीले आफ्नो वक्तव्यमा भनेस् ूधरातलीय यथार्थ हेर्दा कुनै पनि विवेकी मानिसले यतिखेर हङ्‌कङले चीनबाट उच्च स्तरको स्वायत्तता पाइरहेको छैन भन्ने देख्न सक्छ।

बेइजिङले हङ्‌कङमा उक्त विवादास्पद कानुन लागु गर्ने अपेक्षा गरिएको केही घण्टाअघि पोम्पेओले त्यसो भनेका हुन्।ूहङ्‌कङको स्वायत्तता र स्वतन्त्रतालाई आधारभूत रूपमै कमजोर पार्न लागिएको चरणबद्ध प्रयासको यो पछिल्लो कदम मात्र हो, पोम्पेओले भनेका छन्।ूअहिले स्पष्ट भएको छ कि चीनले हङकङलाई आफूजस्तै बनाउन खोजेको छ।ू

अहिलेसम्म अमेरिकाले हङ्‌कङलाई अमेरिकी कानुनका आधारमा एउटा विश्वव्यापी आर्थिक र व्यापारिक केन्द्रको विशेष हैसियत दिनुका साथै उसलाई लाभदायक व्यापारिक सुविधाहरू दिँदै आएको थियो।

ब्रिटिश उपनिवेश छँदादेखि नै अमेरिकाले हङ्‌कङलाई त्यस्तो सुविधा दिँदै आएको थियो।तर गत वर्षयता त्यस्तो हैसियतलाई सर्तहरूले बाँधेर अमेरिकी विदेश मन्त्रालयले हङ्‌कङले मुख्यभूमि चीनबाट पर्याप्त स्वायत्तता कायम गर्ने विषयमा निरन्तर प्रमाणीकरण गर्दै आएको थियो।

यदि विदेशमन्त्रीले प्रमाणीकरण नगरे अमेरिकी संसद्‌ले हङ्‌कङको विशेष व्यापार हैसियत रद्द गर्न सक्छ।त्यसको अर्थ व्यापार र अन्य काममा हङ्‌कङलाई मुख्यभूमि चीनलाई जसरी व्यवहार गरिनेछ।यसले हङ्‌कङ र अमेरिकाबीच हुने अर्बौँ डलर बराबरको व्यापारलाई असर पार्नुका साथै भविष्यमा मानिसहरूलाई त्यहाँ लगानी गर्न निरुत्साहित गर्न सक्छ।

यसको असर मुख्यभूमि चीनलाई समेत पर्नेछ जसले हङ्‌कङलाई बाँकी विश्वसँगको कारोबारका लागि बिचौलियाजसरी प्रयोग गर्दै आएको छ।मुख्यभूमिका कम्पनीहरू र बहुराष्ट्रिय कम्पनीले हङ्‌कङलाई अन्तर्राष्ट्रिय वा क्षेत्रीय केन्द्रका रूपमा प्रयोग गर्दै आएका छन्।

त्यसैगरी अमेरिकाले गत वर्ष पारित गरेको हङ्‌कङको मानव अधिकार र प्रजातन्त्र कानुनले त्यहाँ मानव अधिकार हनन गर्ने अधिकारीहरूलाई प्रतिबन्धहरू लगाउन सक्ने व्यवस्था गरेको छ।त्यस्ता प्रतिबन्धका उपायमा भिसा रद्ददेखि सम्पत्ति रोक्कासम्म गर्नेसम्म छन्।

पोम्पेओको त्यस्तो घोषणालगत्तै प्रजातन्त्रपक्षधर प्रभावशाली अभियानकर्मी जोस वङले अमेरिकी, युरोपेली र एशियाली नेताहरूलाई हङ्‌कङको विशेष हैसियतबारे पुर्नविचार गर्न आग्रह गरेका छन्।

उनले बेइजिङको सुरक्षा कानुनले त्यहाँ लगानीकर्ता र उद्यमीहरूमा ठूलो असर पार्नेु बताउँदै स्वायत्तता कायम गर्ने विषय व्यावसाय बचाउने एकमात्र उपायु रहेको बताए।

बेइजिङको नयाँ कानुनले हङ्‌कङमा देशद्रोह, फुट, दङ्गा र विध्वंशजन्य क्रियाकलापमा प्रतिबन्ध लगाउने बताइएको छ।

चीनले उक्त क्षेत्रमा उत्पन्न भइरहेका हिंसात्मक प्रदर्शन नियन्त्रण गर्न उक्त कानुन आवश्यक भएको जनाउँदै आएको छ।

 

 

Latest News