Home नेपाल तथा विश्व समाचार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भारतमा भव्य स्वागत

अमेरिकी राष्ट्रपति ट्रम्पलाई भारतमा भव्य स्वागत

E-mail Print PDF
AddThis Social Bookmark Button

२४ फेबु्रअरी २०२०, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भारतमा भव्य स्वागत गरिएको थियो। ट्रम्पले भारतको आफ्नो पहिलो औपचारिक भ्रमण गुजरात राज्यबाट आरम्भ गरेका छन। त्यहाँ उनको भव्य सार्वजनिक स्वागत गरिएको थियो।

विमानस्थलमा राष्ट्रपति ट्रम्पलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कसिलो अङ्कमाल गरेर स्वागत गरेका थिए। ती दुई नेताले महात्मा गान्धीले १३ वर्ष बिताएका सावरमती आश्रमको भ्रमण गरे।

राष्ट्रपति ट्रम्पको भ्रमण संसारका दुई सबैभन्दा ठूला प्रजातान्त्रिक देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउनमा केन्द्रित हुने बताइएको छ।ट्रम्पलाई स्वागत गर्न गुजरातमा हजारौँ मानिसहरू सडकका दायाँबायाँ उभिएका दृश्य देखिएको थियो।ट्रम्पले यात्रा गर्ने बाटोमा दुई नेताका तस्बिर सहितका ठूलाठूला होर्डिङ बोर्डहरू टाँगिएका छन्।

ठूलो तामझामका साथ भ्रमणको आयोजना भइरहेको भए पनि यो भ्रमणका क्रममा दुई देशबीचको व्यापार सहमति भने होला जस्तो देखिँदैन।

अमेरिका भारतको सबैभन्दा महत्त्वपूर्ण व्यापारिक साझेदार हो। सन् २०१८ मा द्विपक्षीय व्यापारको आकार १४२।६ अर्ब डलर थियो। अमेरिकाको भारतसँग २५।२ अर्ब डलरको वस्तु तथा सेवासँग सम्बन्धित व्यापारघाटा विद्यमान ‌थियो।

दुई देशबीच बढ्दो राजनीतिक तथा रणनीतिक निकटताका माझ व्यापारको विषयलाई लिएर भने दुई देशबीच तनावको स्थिति छ। राष्ट्रपति ट्रम्पले भारतले आयातमा लगाएको करलाई ूअस्वीकार्यू भनेका छन् र उनले भारतलाई ूकर लगाउनेहरूको राजाू समेत भनेका छन्।

सन् २०१९ मा अमेरिकाले भारतलाई दिँदै आएको विशेष सुविधायुक्त व्यापार सहुलियतको अन्त्य गरेको थियो।त्यस्तो कदमपछि भारतले विभिन्न २८ वटा अमेरिकी उत्पादनको आयातमा जबाफी कर लगाएको थियो र दुई देशबीच कूटनीतिक विवाद उत्पन्न भएको थियो।

 

Latest News