Home नेपाल तथा विश्व समाचार नेकपाका नेता अग्नि सापकोटा सभामुख निर्वाचित

नेकपाका नेता अग्नि सापकोटा सभामुख निर्वाचित

E-mail Print PDF
AddThis Social Bookmark Button

२६ जनवरी २०२०,सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता अग्नि सापकोटा निर्विरोध रूपमा सभामुख निर्वाचित भएका छन्।

सङ्घीय संसद्को प्रतिनिधिसभामा आइतवार भएको निर्वाचनमा सापकोटा सभामुख चयन भएका हुन्।बलात्कार प्रयासको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महरा राजीनामा दिन बाध्य भएका थि। त्यसयता तीन महिनादेखि सभामुख पद रिक्त रहेको थियो।

सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र निकै लामो समय माथापच्ची चलेको थियो।अन्ततस् गत साता नेकपाका दुई अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सापकोटालाई सभामुखको उम्मेदवार बनाउने सहमति भएको थियो।

नेपालमा भएको सशस्त्र द्वन्द्वका बेला भएको हत्यासम्बन्धी एउटा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला उनी सभामुख बनेका हुन्।तर उनलाई सभामुखको उम्मेदवार बनाउने कि नबनाउने भन्ने विषयमा पार्टीभित्र पूर्वएमाले र पूर्वमाओवादी समूहबीच मत बाझिएको मात्रै होइन कतिपय नागरिक समाजका अगुवाहरूले पनि विरोध जनाएका थिए।महराले सभामुख पद छाडेपछि सभामुख चयनबारे भएका सातवटा रोचक कुरा यहाँ प्रस्तुत गरिएको छ।

शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिने अडान लिएको कुराले सामाजिक सञ्जालमा निकै चर्चा पाएको थियो।धेरैले उनलाई राजीनामा गराउन चाहने पार्टी र राजीनामा नदिने उनको अडानलाई नेपाली समाजको पितृसत्तात्मक सोचुका रूपमा समेत व्याख्या गरे।

सामाजिक सञ्जालहरूमा सभामुखबारे उनको अडान र पार्टीभित्रको विवादलाई पितृसत्तात्मक सोचुका रूपमा हेरिए पनि राजनीतिशास्त्रीहरूले चाहिँ त्यसलाई ओली र प्रचण्डबीच वर्चस्वको लडाइँ भनेका थिए।

नेकपाले सभामुखको उम्मेदवारबारे निर्णय गर्न नसक्दा संसद्को हिउँदे अधिवेशन सुरु भएकै दिनदेखि सूचना टाँस गरेर बैठक सारिए।

उनका अनुसार उनले नेताहरूले पितृसत्तालाई मलजल गरेको अध्यक्षद्वयलाई बताएकी थिइन्।तर राजीनामापछि आफू खुला आकाशमा आएको उनको भनाइ छ।उनका ती भनाइलाई नेकपाका अध्यक्षहरूप्रति उनको ुतिखो प्रहारुका रूपमा कतिपयले लिएका छन्।

सभामुख कसलाई बनाउने मुद्दा नेकपाभित्र देखिएको एमसीसी विवादसँग पनि जोडिएको कतिपयको तर्क रहने गरेको छ।

एमसीसीअन्तर्गतको अमेरिकी अनुदान सम्झौता संसद्‌बाट पारित हुनुपर्ने सर्त छ। गत अक्टोबरमा प्रधानमन्त्री ओलीले कान्तिपुर दैनिकलाई दिएको एउटा अन्तर्वार्तामा तत्कालीन सभामुख महराका कारण अमेरिकी अनुदान सम्झौता संसद्‌बाट पारित हुन नसकेको बताएका थिए।

प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेनुको कारण पनि त्यसलाई सहज बनाउनु रहेको बताइने गरेको थियो।

नेकपाभित्रै एमसीसीलाई लिएर विवाद भइरहेका बेला दुवै अध्यक्षले त्यसलाई पारित गराउने खालका व्यक्तिलाई खोजेको हुन सक्ने कतिपयको अनुमान छ।

द्वन्द्वकालमा माओवादीले हत्या गरेको भनिएका काभ्रेका अर्जुन लामाको मुद्दामा सापकोटालाई आरोप लागेको छ।उनकै योजनामा लामाको हत्या भएको आरोप लागेको मुद्दा अदालतमा विचाराधीन छ।

यसैबीच एकजना अधिकारकर्मीले गत शुक्रवार ुसापकोटा सभामुख हुन योग्य नभएकोु भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।सापकोटाविरुद्ध सर्वोच्चमै २०६८ सालमा रिट दायर गर्ने अर्का अधिकारकर्मी सुशील प्याकुरेलले चाहिँ राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकारबाट राजीनामा दिएका छन्।

केही अधिकारकर्मीहरूले उनलाई सभामुखको उम्मेदवार बनाउने निश्चित भएपछि राजधानीमा प्रदर्शन पनि गरेका थिए।त्यस घटनामा मेरो कुनै पनि संलग्नता नभएको र त्यसले आफ्नो ऊर्जा र नैतिक धरातल कमजोर नबनाउनेू बताएका थिए।

 

 

Latest News