Home नेपाल तथा विश्व समाचार नेपाल र जापानबीच सीधा हवाई उडान हुने

नेपाल र जापानबीच सीधा हवाई उडान हुने

E-mail Print PDF
AddThis Social Bookmark Button

९ जनवरी २०१९, नेपाल र जापानबीच सीधा हवाई उडान हुने भएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाल भ्रमणमा आएका जापानी विदेशमन्त्री तारो कोनोबीच बुधबार दुई देशबीच हवाईसेवा सम्झौता संशोधनपत्रमा हस्ताक्षर भएसँगै नेपाल वायुसेवा निगमका जहाजले सीधै जापान उडान गर्न पाउने भएका छन्।

 

यसअघि काठमाडौं–ओसाका उडान भए पनि केही वर्षदेखि रोकिएको थियो। यसअघि सन् १९९३ मा हस्ताक्षर गरिएको सम्झौतालाई संशोधन गरी हस्ताक्षर भएको हो। अब निगमको जहाजले आगामी फेब्रुअरीदेखि जापानका विभिन्न सहरमा उडान गर्न पाउनेछन्। सहमतिअनुसार जापानको केही साँघुरो रहेको हानेदाबाहेक अन्य विमानस्थलमा नेपाली विमानले उडान भर्न पाउनेछन्। नेपालबाट सातामा १४ वटा विमान जापान उड्न पाउनेछन्।

निगमको सीधा उडानले जापानी पर्यटक आगमनका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ। सम्झौतापछि वायुसेवा निगमको प्रत्यक्ष उडान छिटोभन्दा छिटो सञ्चालन होस् भन्ने आफ्नो चाहना रहेको जापानी विदेशमन्त्री तारो कोनोले बताए। उनले त्यसका लागि नेपाल सरकारसँग निरन्तर सहयोग र सहकार्य गर्न जापान तयार रहेको बताए।

जापानी परराष्ट्रमन्त्रीसँगको भेटमा नेपाली श्रमिक जापान पठाउने सहयोगपत्र जतिसक्दो छिटो आदानप्रदान गर्ने सहमति भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए। दुई देशका परराष्ट्रमन्त्रीबीच भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले श्रमिकका लागि नेपाललाई स्रोत मुलुकका रूपमा छनोट गरेकोमा जापान सरकारलाई धन्यवाद दिए।

जापानी विदेशी मन्त्रालयकी सहायक प्रवक्ता नात्सुको साताकाले दुई देशबीच अनुपम सम्बन्ध रहेकाले नेपालको विकासमा सघाउन तत्पर रहेको बताइन्। उनले भनिन्, ‘जापान नेपाललाई सन् २०३० सम्म मध्य आय मुलुकको हैसियतमा पुर्याउन हामी सघाउन तत्पर छौं।

 

 

Latest News