Home नेपाल तथा विश्व समाचार डाक्टर गोविन्द केसीले १६औं चरणको अनसन सुरु गरे

डाक्टर गोविन्द केसीले १६औं चरणको अनसन सुरु गरे

E-mail Print PDF
AddThis Social Bookmark Button

९ जनवरी २०१९, प्राध्यापक डाक्टर गोविन्द केसीले बुधबारबाट इलाममा १६औं चरणको अनसन सुरु गरेका हुन्।

 

संसदको शिक्षा तथा स्वास्थ्य समितिले आफुसँगको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै डाक्टर केसीले इलाममा १६औं चरणको अनसन सुरु गरेका हुन्।

जनताका लागि नभई माफियाहरूको लागि ऐन बनाएकोुआरोप लगाउँदै उनले सरकारले आफूसँग गरेका सम्झौता पालना नगरे आफ्नो संघर्ष प्रधानमन्त्री केपी ओली र नेकपाकै अर्का अध्यक्ष प्रचण्ड विरुद्ध हुने अभिव्यक्त‌ि पनि दिएका छन्।

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा रहेका सत्तापक्षीय सांसदहरूले भने विधयेकमा डा। गोविन्द केसीसँग भएका सम्झौताका अधिकांश कुरा समेटिएको भन्दै त्यसलाई ुडा। केसीको जितुभनेका छन्।केही विषय व्यवहारीक कारणले मिलाउनु परेको सत्तापक्षीय सांसदहरूको तर्क छ।

समितिका सदस्य नेकपाका सांसद खगराज अधिकारीले डा। गोविन्द केसीसँगको सहमति अनुसार नै विधेयकलाई समितिले अन्तिम रुप दिएको बताए।

डा। केसीसँग १० साउनमा भएको ९ बुँदे सम्झौतामा काठमाण्डू उपत्यका बाहिर आयोगले नीति निर्माण गरी निर्णय गरे बमोजिम नयाँ मेडिकल कलेज खोल्ने व्यवस्था हुने भनिएको थियो।

केही व्यवहारीक कठिनाइ हुने विषयलाई मिलाइएको, बाँकी सबै विषय डाक्टर केसीसँगकै सहमति अनुरुपको भएको शिक्षा मन्त्री गिरिराजमणी पोख्रेलले पनि दाबी गरेका छन्।

ूविधेयकमा थपिएका केही कुरा सहमतिलाई सहयोग पुग्ने रूपमै आएका छन्। उपत्यका बाहिर लगानी गरिसकेकाहरूको हकमा यो ऐन बनाउँदा नै सहमति गर्न जरूरी छ।

 

मूल समितिमा सहमतिको प्रयास विफल भएपछि बुधबार बहुमतका आधारमा विधेयकलाई संसद बैठकमा पेश गर्नका लागि अन्तिम रुप दिइएको हो।

जसमा विपक्षी कांग्रेस सांसदहरुले फरक मत राखेका थिए।यसअघि संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा समेत सहमति जुटन सकेको थिएन।

सिटिइभिटिबाट सञ्चालित प्रमाणपत्र तह भन्दा मुनीका विषयहरू पाँच वर्षभित्रमा हटाइसक्ने भन्ने विषयलाई अहिले कुनै समयसीमा नराखी पारित गरिएको छ।

कांग्रेस सांसदहरूले चिकित्साक्षेत्र सुधारसम्बन्धी केदारभक्त माथेमाको कार्यदलको सिफारिस कार्यान्वयन यो विधयेकको आधार भए पनि प्रस्तावनामै त्यो नराखेर चिकित्सा विश्वविद्यालयजस्ता नयाँ कुराहरू उठाइएकाले थप आशंकाहरू जन्मिएको बताएका छन्।

विधेयकमा नेपालमा एउटा चिकित्सा विश्वविद्यालय स्थापना गर्न भनेर सरकारलाई एउटा बाध्यकारी व्यवस्था सिर्जना गरिएको छ। तर चिकित्सा शिक्षा आयोगको पनि व्यवस्था गरिएको छ।जसले थप जटिलता सिर्जना गरेको प्रतिपक्षी सांसदहरूको भनाई छ।

प्रधानमन्त्रीको निर्देशनमा डा। गोविन्द केसीसँग सहमति भएकाले उनले चाहेमा अझै डाक्टर केसीको माग सम्बोधन गर्न सकिने पूर्व स्वास्थ्यमन्त्री समेत रहेका कांग्रेस सांसद गगन थापा बताउँछन्।प्रधानमन्त्रीले नचाहंदा नचाहंदै यस्तो विधयेक आएको हो भने अहिले पनि समय छ। यसलाई संसदमा पेश नगरिकन समितिमा फिर्ता पठाएर वा सदनबाटै यसलाई सच्याएर पारित गर्न सकिन्छ यदि प्रधानमन्त्रीले चाहनुहुन्छ भने।