Home नेपाल तथा विश्व समाचार अमेरिकी निर्वाचनको परिणामले राष्ट्रपति ट्रम्पका लागि ‘झड्का’

अमेरिकी निर्वाचनको परिणामले राष्ट्रपति ट्रम्पका लागि ‘झड्का’

E-mail Print PDF
AddThis Social Bookmark Button

७ नोभेम्वर २०१८, संयुक्त राज्य अमेरिकामा मंगलबार सम्पन्न भएको छ ।

अमेरिकी निर्वाचनको परिणामलाई विश्लेषकहरुले राष्ट्रपति ट्रम्पका लागि ‘झड्का’ को संज्ञा दिएका छन् ।तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारुढ पार्टी द रिपब्लिकनले बहुमत गुमाएको छ ।

 

अमेरिकी कांग्रेसको तल्लो सदनमा ट्रम्पको दलले बहुमत गुमाएपछि अब उनले मनमौजी निर्णयहरु गर्न र खर्चसम्बन्धी बिलहरु स्वीकृत गर्न असहज हुने अवस्था सिर्जना भएको छ ।

मंगलबार अमेरिकामा तीनवटा निकायको चुनाव सम्पन्न भयो । अमेरिकी तल्लो सदनमा रहेका कुल ४३५ सीटमध्ये सबै सीटमा निर्वाचन सम्पन्न भयो । तल्लो सदनमा बहुमत प्राप्त गर्नका लागि २१८ सीट आवश्यक पर्नेमा बुधबार साँझसम्म डेमोक्रेटिक पार्टीले २१९ सीट जितेर बहुमत ल्याएको छ ।

ट्रम्पको दल रिपब्लिकनले १९३ सीट जितेको छ भने यो समाचार लेख्दासम्म २३ सीटको नतिजा आउन बाँकी छ । तर, पूरै परिणाम आई नसक्दै डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत हासिल गरेको छ ।

अमेरिकी कांग्रेसको तल्लो सदनमा विपक्षी डेमोक्रेटिक पार्टीले बहुमत पाउनुले ट्रम्पको दुईवर्षे कार्यकालको अलोकप्रियतालाई संकेत गरेको अमेरिकी विश्लेषकहरुको तर्क छ । अमेरिकामा हुने म्ध्यावधि चुनावलाई राष्ट्रपतिको कार्यकालको सफलता र असफलतासँग दाँजेर हेर्ने गरिन्छ ।

अमेरिकाको तल्लो सदन मुख्य विधायिका हो । त्यहाँ तल्लो सदनका ४३५ र माथिल्लो सदनका १०० गरी ५३५ सदस्यीय संसद रहेको छ । त्यहाँको संसदले राष्ट्रपति र कार्यपालिका ९मन्त्री० हरु नचुन्ने भएकाले संसदमा बहुमत गुमाउँदैमा राष्ट्रपतिले पदबाट हात धुनुपर्दैन । तर, संसदमा आफ्नो दलको बहुमत नहुँदा राष्ट्रपतिलाई सरकार सञ्चालन गर्न असहज हुन्छ ।