Home नेपाल तथा विश्व समाचार वामदेव गौतम उपनिर्वाचनबाट प्रतिनिधि सभामा जान चाहेको दाबी

वामदेव गौतम उपनिर्वाचनबाट प्रतिनिधि सभामा जान चाहेको दाबी

E-mail Print PDF
AddThis Social Bookmark Button

१० अक्टोवर २०१८, नेपाल कम्युनिष्ट पार्टी, नेकपाका एकजना नेता वामदेव गौतमले अधिकारसम्पन्न विकास प्राधिकरण गठन गरेर त्यसको नेतृत्व आफूले गर्ने उद्देश्यले उपनिर्वाचनबाट प्रतिनिधि सभामा जान चाहेको दाबी गरेका छन्।

 

काठमाडौं क्षेत्र नम्बर ७ को निर्वाचन क्षेत्र गौतमको निम्ति खाली गराइन लागेको  सुनाएका हुन्। कार्यकाल बाँकी छँदै निर्वाचित जनप्रतिनिधिलाई राजिनामा गर्न लगाएर उपनिर्वाचन गराउने अभ्यासले गलत राजनीतिक सन्देश दिने चिन्ता व्यक्त गरेका छन्।

पार्टी एकिकरणमा प्रमुख भूमिका निर्वाह गरेका नेताहरूमध्ये आफू र नारायणकाजी श्रेष्ठ मात्र संसदमा नरहँदा अन्य सभासदहरू उर्जाशील हुन नसकेको गौतमको दाबी छ।उनले समृद्धिको लक्ष्य लिएको सरकारलाई सफल बनाउन आफूले विकास प्राधिकरणको परिकल्पना गरेको र त्यसमा नेकपाका दुवैजना अध्यक्षहरू समेत सकारात्मक रहेको बताए।

मेरो माग प्रतिनिधि सभामा गएपछि विकास निर्माण प्राधिकरणको जिम्मेवारी दिनुस्, मैले स्रोत समेत जुटाउँछु र निर्वाचन घोषणापत्रमा भएका सबै काम गरेर देखाउँछु भन्ने छ।त्यस्तो प्राधिकरण अधिकारसम्पन्न हुने र त्यसले प्रधानमन्त्रीको सहयोगीको रूपमा संघीय अभ्यासमा लागेको देशको माग अनुरूप ठूला विकास निर्माणका कामहरू गर्ने बताए।

कतिपय निर्वाचन मामिलाका विज्ञहरूले चाहीं कुनै व्यक्तिको इच्छा पूर्ति गर्न उपनिर्वाचन गराइँदा गलत राजनीतिक संस्कार बस्नुका साथै जनताले तिरेको करको करोडौं रकमको दुरूपयोग हुने टिप्पणी गरेका छन्।

तिनैमध्येका एक पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल भन्छन्, ूजनताले ५ वर्षका लागि कसैलाई उसका नीति, कार्यक्रमजस्ता कुरामा विश्वास गरेर जिताएको कुरालाई विश्वासिलो कारणबिना बिचमै पलायन हुँदा नैतिक प्रश्न उत्पन्न हुन सक्छ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपाका एकजना अध्यक्ष प्रचण्डले पार्टीको सीट गुम्ने अवस्थामा उपनिर्वाचन नगरिने बताएका छन्।

 

Latest News