Home नेपाल तथा विश्व समाचार नेकपाले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज तोकेयो

नेकपाले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज तोकेयो

E-mail Print PDF
AddThis Social Bookmark Button

२१ सेप्टेम्वर २०१८, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह-इन्चार्ज तोकेको छ ।

 

शुक्रबार विहान बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो ।तत्कालीन एमाले र माओवादीका आधारमा भागवण्डा मिलाएर ईन्चार्ज र अध्यक्ष तोकिएको छ । प्रदेश १ र ७ मा ईन्चार्ज र अध्यक्ष दुबै तत्कालीन एमालेबाट छ ।

यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ का शंकर पोखरेलले इन्चार्जको जिम्मेवारी पाउँदा अरु प्रदेशमा सरकारमा नरहेका नेताहरु आएका छन् ।

प्रदेश १

इन्चार्जः भीम आचार्य

अध्यक्षः देवराज घिमिरे

सह-इन्चार्जः साबित्रीकुमार काफ्ले

सचिवः सुरेश बहादुर राई

प्रदेश २

इन्चार्जः सत्यनारायण मण्डल

अध्यक्षः प्रभू साह

सहइन्चार्जः विश्वनाथ साह

सचिवः सुमन प्याकुरेल

प्रदेश ३

इन्चार्जः अष्टलक्ष्मी शाक्य

अध्यक्षः नारायण दाहाल

सहइन्चार्जः हितबहादुर तामाङ

सचिवः आनन्द पोख्रेल

गण्डकी प्रदेश

इन्चार्जः पृथ्वी सुब्बा गुरुङ

अध्यक्षः हितराज पाण्डे

सहइन्चार्जः खगराज अधिकारी

सचिवः गोविन्द नेपाली

प्रदेश ५

इन्चार्जः शंकर पोख्रेल

अध्यक्षः ओनसरी घर्ती

सहइन्चार्जः दलबहादुर राना

सचिवः जगप्रसाद शर्मा

कर्णाली प्रदेश

इन्चार्जः जनार्दन शर्मा

अध्यक्षः गोरखबहादुर बोगटी

सहइन्चार्जः यमलाल कंडेल

सचिवः मयाप्रसाद शर्मा

प्रदेश ७

इन्चार्जः भीम रावल

अध्यक्षः कर्ण थापा

सहइन्चार्जः लक्ष्मणदत्त जोशी

सचिवः नेप चौधरी

 

 

Latest News