Home नेपाल तथा विश्व समाचार प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद पाउने ”प्रचण्ड”

प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद पाउने ”प्रचण्ड”

E-mail Print PDF
AddThis Social Bookmark Button

१३ सेप्टेम्वर २०१८, प्रधानमन्त्री ओलीले दुई वर्ष भित्रमा प्रधानमन्त्री र अध्यक्ष वा दुई मध्य एक पद दिने समझदारी भएको पुष्पकमल दाहाल ”प्रचण्ड” ले बताएका छन्।

 

नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले दुई वर्षभित्र प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद आफूले पाउने समझदारी भएको बताएका छन्।

चारदिन भारत भ्रमणमा गरेर हालै स्वदेश फर्किएका दाहालले आफूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको समझदारीका बारेमा भारतीय नेतालाई पनि जानकारी गराएको बताएका छन्।अहिले हामी इमान्दारीसाथ अघी बढिरहेका छौँ । म त्यसैअनुसार अघी बढेको छु ।

दाहालले कांग्रेससँग ५०–५० मा कुरा नमिलेपछि तत्कालीन एमालसँग चुनावी गठबन्धन बनाएको बताएका छन् । ‘कांग्रेसले हामीलाई १५ देखि २० प्रतिशतमात्र दिन सकिने जनायो, जबकी एमालेले हामीलाई ४० प्रतिशत प्रस्ताव गर्यो,’ दाहालले भनेका छन् । दाहालले चीनले नेपालका सबै कम्युनिस्ट पार्टी एक भएको हेर्न चाहे पनि अहिलेको एकतामा चीनको कुनै भूमिका नरहेको पनि बताएका छन्।

 

 

Latest News