Home नेपाल तथा विश्व समाचार नेपाली कांग्रेसले सरकारविरुद्ध देश भर प्रदर्शन गर्यो

नेपाली कांग्रेसले सरकारविरुद्ध देश भर प्रदर्शन गर्यो

E-mail Print PDF
AddThis Social Bookmark Button

३१ जुलाई २०१८, विपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध कडा नाराबाजी गर्दै आज मंगलबार देशव्यापी विरोध प्रदर्शन गरेको छ ।

राजधानीसहित देशका सबै जिल्ला सदरमुकाममा कांग्रेसका नेता कार्यकर्ताले जुलुस र सभाहरु गरेका छन् ।पार्टीका वरिष्ठ नेताहरु विभिन्न जिल्लाका विरोध कार्यक्रममा सहभागी भए । उनीहरुले सरकारविरुद्ध निकै आक्रामकरुपमा आफूलाई प्रस्तुत गरे । राजधानीलगायतका ठूला शहरमा कार्यकर्ताहरुको उल्लेख्य सहभागितासहित कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

 

सरकारले संविधान उल्लंघन गरेको र महंगी बढाएको भन्दै विरोध कार्यक्रमलाई निरन्तरता दिइएको नेताहरुले बताएका छन् ।विरोधसभामा कांग्रेस नेताहरुले सरकारले कर वृद्धि गरेको, जनभावना अनुसार काम नगरेको, सिण्डिकेट अन्त्य गर्न नसकेको, सभामुख र उपसभामुख एकै पार्टीबाट चयन गरेर संविधान उलंघन गरेको जस्ता विषय उठाएका थिए । आफ्नै गतिविधिका कारण दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकार कमजोर हुने टिप्पणी गरेका थिए ।

विरोधसभामा कांग्रेसका कतिपय नेताले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन हुनुपर्ने धारणासमेत राखेका छन् ।जोशीलाई संवैधानिक परिषद्ले सिफारिस गरिसकेकाले संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीश बन्नबाट रोक्न नसक्ने बताए ।नेपाल कम्युनिस्ट पार्टीले दुई तिहाइ बहुमत गलत प्रवृत्तिमा प्रयोग गरेको आरोप लगाए ।

बंगलादेशमा चिकित्सा शास्त्र पढ्ने नेपाली छात्राबारे टिप्पणी गरेकोमा कानून मन्त्री शेरबहादुर तामाङमात्र नभई प्रधानमन्त्री पनि जिम्मेवार भएकाले राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो बोलीमा नियन्त्रण गर्न सुझाव दिए । जथाभावी नबोल्न र शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग नगर्न सचेत गराए ।र्‍यालीमा सहभागीहरुले केपी ओली पाराले दुःख पाए साराले, मार्सी चामल खाएर, जनता मार्न पाइदैन, मूल्यवृद्धि फिर्ता गरलगायतका नाराहरु लगाएका थिए ।

सरकार सर्वसत्तावादउन्मुख भएको, संवैधानिक निकायमा राजनीतिकरण गर्न खोजेको, प्रेसमाथि हस्तक्षेप गरेको, न्यायलयलाई कार्यर्पालिका मातहत राख्न खोजेको भन्दै कांग्रेसले नाराबाजी गरेको थियो ।कांग्रेस नेतृत्वको सरकारले गरेका महत्वपुर्ण र जनताको जीवनयापनसँग जोडिएको विषय कार्यान्वयन हुनुपर्ने माग गरे । ६५ वर्षमा नै वृद्धभत्ता दिने, भूकम्प पीडितलाई थप एक लाख दिने जस्ता निर्णयलाई निरन्तरता दिनुको सट्टा सरकार जनताको ढाड सेक्नेगरि कर वृद्धिमा लागेको आरोप लगाए ।

 

Latest News