Home नेपाल तथा विश्व समाचार ट्रिपर दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु

ट्रिपर दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु

E-mail Print PDF
AddThis Social Bookmark Button

६ जुलाई २०१८, मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

 

आज  दिउँसो भएको उक्त दुर्घटनामा परि २२ जनाजति घाईते भएको प्रारम्भिक जानकारी आएको छ । जोमसोम–कोरला सडक बनाउन कामदार बोकेर गएको बा २ क २२१९ नम्बरको ट्रिपर कच्चि सडकमा सन्तुलन गुमाउँदा दुर्घटनामा परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेले जानकारी दिए । उनका अनुसार दुर्घटनमा धेरै कामदार घाइते भएका छन् । उनीहरुको उद्धारको तयारी भईरहेको छ । पहाडी जिल्लाबाट कामका लागि गएका मजदुर सवार ट्रिपर दुर्घटनामा परेको उनले बताए । मृतकको सनाखत हुन सकेको छैन ।

गाडी सडकबाट करिब ६० मिटर तल खोँचमा खसेको छ । जोमसोम–कोरला खण्डको भेनामदेखी झैतेसम्मको सडकमा काम गर्ने ती कामदार बिहानको खाना खाएर काममा फर्कदै गर्दा ट्रिपर दुर्घटनामा परेको उनले बताए । घाइतेको उद्धारका लागि एयर डाइनेष्टिको हेलिकोप्टर काठमाडौंबाट जाँदै गरेको उनले बताए । सेनाको हेलिकोप्टर पनि माग गरेको पौडेलले जानकारी दिए । मुस्ताङ प्रहरी प्रमुख डिएसपी महेन्द्र खड्काले स्थलमार्गबाट प्रहरी घटनास्थल तर्फ हिँडिसकेको बताए।