Home नेपाल तथा विश्व समाचार घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु

घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु

E-mail Print PDF
AddThis Social Bookmark Button

२६ जुन २०१८,बागलुङको बरेङ्ग गाउँपालिका–१ धुल्लुबाँस्कोटमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

 

अविरल वर्षासँगै आएको पहिरोले सोमबार राती घर बगाउँदा धुल्लुबाँस्कोटको लुरुमा एक बालिका सहित ३ जनाको मृत्यु भएको हो ।लुरुङ माथीको चुत्रेनी बनबाट झरेको पहिरोले पुरिदा ४० वर्षिय विष्णुबहादुर खत्री र उनकै श्रीमती वर्ष ३५ की विष्णु खत्री र ६ महिनाकी छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरी उपरिक्षक दीपक रेग्मीले जानकारी दिए ।

राति साढे एक बजे ठुलो आवाज आएको थियो कता हो भन्ने थाहा नभएकाले विहान ५ बजे मात्र स्थानीय घटनास्थल पुगेको प्रजिअ देवप्रसाद खरेलले जानकारी दिए ।

प्रहरीले मृतकहरुको शव पुरिएको ठाउँबाट बाहिर निकालेको छ । बागलुङमा गएराति परेको अविरल वर्षाले अन्य स्थानहरुमा पनि क्षति पुर्याएको विवरण आइरहेको प्रहरी प्रमुख रेग्मीले जानकारी दिए ।घर भत्किएका, पहिरो खसेका लगायतका क्षतिका खबर आए पनि अन्यत्र भने मानवीय क्षति नभएको उनको भनाइ छ ।गत वर्ष साउन महिनामा बागलुङकै निशी खोलामा पहिरो जाँदा एकै परिवारका ४ सहित ६ जनाको मृत्यु भएको थियो ।

 

 

Latest News