Home नेपाल तथा विश्व समाचार आज देखी रुसमा विश्वकप २०१८ हुँदै

आज देखी रुसमा विश्वकप २०१८ हुँदै

E-mail Print PDF
AddThis Social Bookmark Button

१४ जुन २०१८, रुसमा आयोजित विश्वकप २०१८ मा बत्तीस राष्ट्र सहभागी हुँदैछन्। तिनमध्ये एउटा टोली विजेता हुनेछ।

 

सन् १९९८ मा विश्वकप ३२ टोलीमा विस्तार भएपछि वरियतामा परेकाहरू टोलीहरू नै विजेता बनेका छन्।सन् १९८६ मा डिएगो म्याराडोना र उनको ुईश्वरीय हातु को सहयोगमा विश्वकप जित्दा आर्जेन्टिना वरियतामा थिएन।

आर्जेन्टिना नै वरियतामा नभए पनि विश्वविजेता बन्ने अन्तिम टोली थियो। सन् १९९८ देखि ३२ टोली सहभागी हुन थालेपछि विश्वकप विजेता टोलीहरूले निरन्तर थप अनुभव सँगाल्दै आएका छन्।त्यतिबेला विजेता फ्रान्सको टोलीमा औसतमा २२।७७ खेल खेलेका सदस्य संलग्न थिए। चार वर्षअघि जर्मन टोलीमा औसत ४२।२१  खेलको अनुभव भएका खेलाडी थिए। यसबीचमा अनुभवमा क्रमशस् विकास हुँदै गएको छ ।ब्राजिलको औसत खेल २८।०४, सन् २००६ मा इटालीको ३२।९१ र सन् २०१० मा स्पेनको ३८।३० रहेको थियो।

ब्राजिलले सन् १९५८ र १९६२ मा लगातार विश्वकप जितेको भए पनि त्यो कीर्तिमान अरूले दोहोर्‍याउने सकेका छैनन्।ब्राजिलको त्यो कीर्तिमानपछि १३ वटा साबिकका विजेतामध्ये सन् १९९० मा आर्जेन्टिना र सन् १९९० मा ब्राजिलबाहेक अरू क्वार्टर फाइलनभन्दा अगाडि जानसकेका छैनन्। सन् १९७४ मा ब्राजिलले चौथो चरण पार गरेको थियो। तर त्यतिखेर दुइटा समूह चरणको खेलेपछि त्यसपछि फाइनल हुन्थ्यो।

विश्वकपमा जर्मनीको इतिहास लोभलाग्दो छ। पश्चिम जर्मनीले खेलेका खेलहरू समेत गणना गर्दा पछिल्ला नौ विश्वकपमा उनीहरूले दुई पटक उपाधि जितेका छन्, थप तीन पटक फाइनलमा पुगेका छन् र अरू दुई अवसरमा तेस्रो चरण पार गरेका छन्।

 

 

Latest News