Home नेपाल तथा विश्व समाचार अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरे

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरे

E-mail Print PDF
AddThis Social Bookmark Button

१२ जुन २०१८, ऐतिहासिक वार्तासँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् ।

 

दस्तावेजमा के छ भनिएको छैन । केहीबेरपछि दुई नेताको संयुक्त पत्रकार सम्मेलन हुने अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् ।ट्रम्प र किमबीच सिंगापुरको सान्तोसा आइल्याण्डस्थित होटलमा भेटवार्ता भएको हो ।दुई नेताबीच ३८ मिनेट वार्ता भएको थियो ।

संयुक्त दस्तावेज हस्ताक्षर गर्नुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले निकै राम्रो कुराकानी भएको बताए । कोरियासँगको सम्वन्ध विगतभन्दा अर्को अवस्थामा पुगेको उनले बताए ।

उत्तर कोरियाली नेता किमले विगतलाई छाडेर अघि बढेको र विश्वले आश्चर्यजनक परिवर्तन पाएको बताए ।दस्तावेजमा हस्ताक्षरपछि दुवै नेताले हात मिलाए । फोटो सेसनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम निकै चलाख भएको बताएका छन् ।

एकसाथ बसेका दुई नेताहरूले प्रतिकूलताका बावजुद सहज अवस्थामा देखिएका थिए।किमले भने, यहाँसम्म आइपुग्न सहज थिएन, अनेकौँ अप्ठ्याराहरू थिए तर यहाँसम्म आइपुग्न हामीले त्यसलाई जित्यौँ।

सिंगापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा ट्रम्प र किमले एकअर्कासँग हात मिलाएका थिए।आ(आफ्नो देशका राष्ट्रिय झण्डासामु देखिएका उनीहरूले एकअर्काको पिठ्यूँमा धाप मारे।

त्यसपछि उनीहरूले अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरे र एक्लाएक्लै वार्ताका लागि होटलको पुस्तकालयतर्फ लागेका थिए।बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच भेटवार्ता भएको यो पहिलो पटक हो।

सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ(अनबीचको शिखर वार्ता सफल भएमा त्यसको श्रेय ट्रम्प आफैँले लिन सक्छन्।

ट्रम्पले आर्थिक प्रतिबन्धहरू लगाउँदै उत्तर कोरियाविरुद्ध सैन्य कारबाही गर्ने चेतावनी दिँदै निरन्तर दबाब दिएका थिए।वार्ताको परिणाम जस्तो आए पनि ट्रम्पले यस्तै विषयहरू अघि सार्ने विश्लेषणहरू भइरहेका छ्न्।किमका लागि चाहिँ अमेरिकी राष्ट्रपतिसँग एउटै मञ्चमा सँगै देखिनु नै एक प्रकारको विजय हो।त्यस्तो अवसर न उनका बुवालाई प्राप्त भएको थियो न हजुरबुवालाई नै।

उत्तर कोरियाको आँखामा यस्तो खालको शिखर बैठकले त्यहाँको नेतालाई अझै धेरै वैधता प्रदान गर्दछ।वर्षौँ अघिसम्म उत्तर कोरियालाई एउटा अनौठो खालको देशका रूपमा हेर्ने गरिन्थ्यो।तर अहिले त्यहाँका नेता किमलाई विश्व नेताका रूपमा चित्रित गर्न थालिएको छ।