Home नेपाल तथा विश्व समाचार नारायणगढ–मुग्लिन सडकखण्ड कालोपत्रे सम्पन्न

नारायणगढ–मुग्लिन सडकखण्ड कालोपत्रे सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

६ जुन २०१८, नारायणगढ–मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ।

आयोजनाका अनुसार हिजो रातिबाट उक्त सडकखण्ड पुरै कालोपत्रेसँग जोडिएको छ।६ सेन्टिमिटर मोटो पहिलो तहको कालोपत्रे सम्पूर्ण खण्डमा सम्पन्न भइसकेकाले अब अवरोध नभएको अवस्थामा ३५ मिनेटमा नै उक्त सडकखण्ड पार गर्न सकिने भएको छ । सडक कालोपत्रे बनेसँगै   हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुँदै आएको बन्द पनि हटेको छ। ‘सडक निर्माणका लागि दैनिक ६ घण्टा सडक बन्द हुँदै आएको थियो, अब बन्द हटेको छ भने सडक पनि खाल्डाखुल्डी, धुलो र हिलो रहित बनेको छ।

 

भत्काइएको तीन वर्षपछि सडकखण्डले पूर्णता पाएको छ। निर्धारित समयभन्दा झण्डै १४ महिना ढिलो गरी आयोजना सम्पन्न भएको हो।‘२०७२ सालको बिनाशकारी भूकम्पको मुखैमा योजनाको सम्झौता भएको थियो, ‘त्यसपछि भएको भारतीय नाकाबन्दी र इन्धन अभाव तथा भौगोलिक बनावट, पहिरोको जोखिम, सवारी चापको व्यवस्थापनले गर्दा निर्माणमा केही ढीला भएपनि अन्य आयोजनाको तुलनामा धेरै ढीलो भने भएको होइन।ु

सबै पक्षले जिम्मेवार ढंगले आ–आफ्नो ठाँउबाट सहयोग गरेर निर्माण कार्यमा सहज वातावरण सृजना भएको थियो। आयोजनाको सम्पूर्ण काम सम्पन्न हुन अझै केही समय लाग्ने र अब यात्रुले सहज तरिकाले यात्रा गर्न पाउने सुनिश्चित भएको छ।

बाँकी रहेका ठाउँमा दोस्रो र तेस्रो तहको कालोपत्रे गर्ने काम म्याद थप भएमा सोही समयभित्र र यदि म्याद थप नभएमा जरिवाना तिराएर भएपनि सहजै सम्पन्न गर्न सकिने छ।

 

 

Latest News