HongKongNepali.com, The Next Media

Sunday
Jun 24th
Home नेपाल तथा विश्व समाचार प्रधानमन्त्री ओलीले ५ असारदेखि चीनको राजकीय भ्रमण गर्ने

प्रधानमन्त्री ओलीले ५ असारदेखि चीनको राजकीय भ्रमण गर्ने

E-mail Print PDF
AddThis Social Bookmark Button

४ जुन २०१८, प्रधानमन्त्री केपी शर्मा ओलीले ५ असारदेखि चीनको पाँचदिने राजकीय भ्रमण गर्ने भएका छन् ।

गत २३–२५ चैतमा भारत भ्रमण गरेका ओलीको ३ फागुनमा प्रधानमन्त्रीमा निर्वाचित भएपछि यो दोस्रो विदेश भ्रमण हो ।प्रधानमन्त्री ओलीको चीन भ्रमणका लागि परराष्ट्र मन्त्रालयले आन्तरिक तयारी तीव्र पारेको छ । ‘परराष्ट्र मन्त्रालय र अन्य मन्त्रालयबीच छलफल गर्ने, एजेन्डाहरू तय गर्ने तथा एजेन्डाको सर्ट लिस्टिङ गर्ने काम भइरहेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको वैशाख पहिलो सातामा भएको बेइजिङ भ्रमणकै बेला प्रधानमन्त्रीको भ्रमणको विषय टुंगो लागेको थियो । मिति तय हुन सकेको थिएन । प्रधानमन्त्री ओलीले नै संसद्मा सम्बोधनका क्रममा केही दिनअघि एक महिनाभित्र चीन भ्रमण हुने बताइसकेका थिए ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्रीको चीन भ्रमणको तयारी अघि बढिरहेको बताए ।प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा पुराना सहमति र सम्झौता कार्यान्वयन प्राथमिकतामा पर्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले बताए । भ्रमणको विषय अहिले परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News