Home नेपाल तथा विश्व समाचार सिरियाले रासायनिक हतियारको प्रयोग नरोेके पुनं आक्रमण गरिने

सिरियाले रासायनिक हतियारको प्रयोग नरोेके पुनं आक्रमण गरिने

E-mail Print PDF
AddThis Social Bookmark Button

१६ अप्रिल २०१८, सिरियाले  रासायनिक हतियारको प्रयोग नरोेके  पुनं आक्रमण गरिने ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले रासायनिक हतियारको प्रयोग रोक्न अमेरिका अर्को पटक पनि आक्रमण गर्न तयार रहेको बताइन् ।अमेरिका, बेलायत र फ्रान्सले गरेको सैन्य कारबाही अमेरिकाले बसर अल असदको सरकारलाई रासायनिक हमला गर्न नदिने स्पष्ट सन्देश भएको बताइन् ।

 

कारबाहीबाट नष्ट गरिएको शोध केन्द्रको प्रयोग ठूलो मात्रामा हत्याका लागि हतियार बनाउन प्रयोग गरिने गरेको आरोप लगाइन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पुनः यस्तै विषालु ग्याँसको प्रयोग गरेमा फेरि हमला गर्न तयार रहेको बताएका छन् ।

सुरक्षा परिषद्को बैठकमा सिरियाका राजदूत बसर जाफरीले अमेरिका, बेलायत र फ्रान्सलाई झूठो आडम्बरी बताउँदै चर्को आलोचना गरेका छन् । सिरियामाथि हमला गर्न तपार्इंहरूको सरकारले यो संगठन र अन्तर्राष्ट्रिय समुदायसँग जनादेश हासिल गरेको थियो रु अमेरिका, फ्रान्स र बेलायतका मित्रहरू सिरियामा रासानिक हतियार बनाउने स्थानमा बम गिराएको दाबी गरिरहनुभएको छ । यदि यी तीन देशका सरकारले सही स्थान या यिनीहरूको भूमिकाका बारेमा यति सबै थाहा थियो भने उनीहरूले किन ओपीसीडब्लु ९अर्गनाइजेसन फर प्रोहिबिसन अफ केमिकल वेपन्स० लाई किन जानकारी गराएनन् रु उनीहरूले यो हमलाअघि दमास्कसमा फ्याक्ट–फायरिङ मिसनलाई किन गराएनन् रु’ पेरुसको राजधानी लिमामा रहेका अमेरिकी उपराष्ट्रपति माइक पेन्सले भने अमेरिकाले यो हमलाका लागि आफ्ना गुप्तचर प्रयोग गरेको बताएका छन् ।

अमेरिकाले सिरियाले पछिल्ला केही समययता रासायनिक हतियारहरूको निर्माण गरी त्यसबाट आक्रमण गर्ने गरेको आरोप लगाउँदै सिरियामाथि हमला गरेको हो । यसैबीच, संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठकमा उपस्थित संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले सिरियाबारे गम्भीर भएर सोच्न आग्रह गरेका छन् ।

सिरियाको वर्तमान अवस्था अत्यन्तै नाजुक रहेको भन्दै उनले यसको समाधान गम्भीर रूपमा नै सोचेर गर्नुपर्नेमा जोड दिए । उनले सिरियाले रासायनिक हतियारले आक्रमण गरेर नागरिक हत्या गर्नु ठूलो भूल भएको भन्दै त्यसविरुद्ध हतियारकै कारबाही विकल्प नभएको बताए ।

 

 

Latest News