HongKongNepali.com, The Next Media

Sunday
Jul 22nd
Home नेपाल तथा विश्व समाचार प्रधानमन्त्री ओली भारत भ्रमणका लागि प्रस्थान गरे

प्रधानमन्त्री ओली भारत भ्रमणका लागि प्रस्थान गरे

E-mail Print PDF
AddThis Social Bookmark Button

६ अप्रिल २०१८, प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज भारतको तीनदिने औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन्।

 

प्रधानमन्त्री ओली नेतृत्वको टोली आज बिहान ९ बजे भारततर्फ प्रस्थान गरेको हो। दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको यो पहिलो विदेश भ्रमण हो।

काठमाडौंबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहित भ्रमण टोली ५४ सदस्यीय छ ।दिल्लीमा उत्रिएलगत्तै उनको भेटघाट सुरु हुनेछ ।

आज बिहान त्रिभुवन विमानस्थलको नियमित उडानबाट दिल्ली पुगेलगत्तै ओली सोझै भारतीय राष्ट्रपति भवन पुग्नेछन्, जहाँ उनको भारतीय उद्योगी व्यवसायीसँग अन्तक्र्रिया हुनेछ ।

त्यसलगत्तै इन्डिया फाउन्डेसन र भारतीय उद्योग वाणिज्य संघ -फिक्की- का बेग्लाबेग्लै कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

 

 

Add your comment

Your name:
Subject:
Comment: