HongKongNepali.com, The Next Media

Sunday
Jun 24th
Home नेपाल तथा विश्व समाचार साहित्यकार इन्द्रबहादुर राईको आफ्नै निवासमा निधन

साहित्यकार इन्द्रबहादुर राईको आफ्नै निवासमा निधन

E-mail Print PDF
AddThis Social Bookmark Button

७ मार्च २०१८, ९१ वर्षीय साहित्यकार राईको दार्जिलिङस्थित आफ्नै निवासमा निधन भएको छ।

राई लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए।भारतको दार्जिलिङमा जन्मेका इन्द्रबहादुर राई साहित्यमा विभिन्न प्रयोग र साहित्यमाथिको सैद्धान्तिक चिन्तनका लागि नेपालमा प्रसिद्ध छन्।

सन् १९७७ मा भारतको साहित्य अकादेमीले नेपाली भाषामा योगदानका लागि वार्षिक पुरस्कार दिन शुरू गर्दा इन्द्रबहादुर राईले नेपाली उपन्यासका आधारहरूु पुस्तकका लागि त्यो पुरस्कार जितेका थिए।

पश्चिमा समालोचनाका सिद्धान्तहरू प्रयोग गरेर नेपाली साहित्यको मूल्याङ्कन गरिएको नेपाली उपन्यासका आधारहरूु नेपाली समालोचना क्षेत्रको कोसेढुङ्गा मानिन्छ।नेपाली भाषालाई भारतको संविधानमा राष्ट्रभाषाका रुपमा पहिचान दिलाउने चार दशक लामो भाषिक आन्दोलनमा राईको योगदान रहेको बताइन्छ।

विपना कतिपयु र आज रमिता छु जस्ता शुरूवाती कृतिबाट राईले नेपाली साहित्यमा नयाँ पाश्चात्य शैली र विचारधाराको प्रवेश गराएको मानिन्छ।राईले शुरूवात गरेका आयामेली आन्दोलन र लीलालेखनबाट पछिल्लो पुस्ताका लेखकहरू प्रभावित भएको बताउँछन्।साहित्यमा बिताएको जीवन आफ्नै कृतिजस्तै लाग्ने उनले उल्लेख गरेका थिए।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News