Home नेपाल तथा विश्व समाचार ३१ वटा मन्त्रालयलाई गाभेर १८ वटा कायम

३१ वटा मन्त्रालयलाई गाभेर १८ वटा कायम

E-mail Print PDF
AddThis Social Bookmark Button

१ मार्च २०१८, सरकारले कार्यविभाजन नियमावली संशोधन गरी ३१ वटा मन्त्रालयलाई गाभेर १८ वटा कायम गरेको छ ।

छुट्टाछुट्टै अस्तित्वमा रहेका चार मन्त्रालय कृषि, पशुपक्षी, भूमिसुधार र सहकारी तथा गरिबी निवारणलाई गाभेर ‘कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय’ बनाइएको छ। यो मन्त्रालयमा अर्को व्यवस्था नभएसम्मका लागि चार सचिव रहनेछन्। मन्त्रिपरिषदले गाभिएका मन्त्रालयमा अर्को व्यवस्था नभएसम्मका लागि आ–आफ्नो कार्यभार सम्हाल्ने गरी सबै सचिवलाई यथावत् राखेको जानकारी प्रधानमन्त्री कार्यालय  दिए।

गाभिएर के बने मन्त्रालयरु

.  कृषि, पशुपक्षी, भूमिसुधार र सहकारी तथा गरिबी निवारण कृषि मन्त्रालय गाभेर भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाइयो ।

. उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयलाई गाभेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय बनाइयो।

. शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदलाई गाभेर शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय बनाइयो ।

. श्रम तथा रोजगार र महिला, बालबालिका तथा समाजकल्याणलाई गाभेर श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय बनाइयो ।

. स्वास्थ्य र जनसंख्या तथा वातावरणको जनसंख्यालाई स्वास्थ्य तथा जनसंख्या बनाइयो ।

. वन र जनसंख्या तथा वातावरणकोलाई वातावरण वन तथा वातावरण मन्त्रालय बनाइयो ।

. सूचना तथा सञ्चार मन्त्रालय लाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय बनाइयो ।

. संघीय मामिला तथा स्थानीय विकास र सामान्य प्रशासनलाई गाभेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाइयो ।

. ऊर्जा र सिंचाइलाई जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाइयो ।

. सहरी विकास र खानेपानीलाई खानेपानी तथा सहरी विकास मन्त्रालय बनाइयो ।

 

 

Latest News