HongKongNepali.com, The Next Media

Sunday
Jun 24th
Home नेपाल तथा विश्व समाचार रेशम चौधरीले जिल्ला अदालतमा आत्म समर्पण गरे

रेशम चौधरीले जिल्ला अदालतमा आत्म समर्पण गरे

E-mail Print PDF
AddThis Social Bookmark Button

२६ फेब्रुवरी २०१८, कैलाली जिल्ला क्षेत्र नं १ बाट निर्वाचित रेशम चौधरी आज कैलाली जिल्ला अदालतमा आत्म समर्पण गरेका छन् । २०७२ भदौ ७ गतेको टिकापुर घटनाका मुख्य आरोपी चौधरी प्रहरीको सर्वाधिक खोजी सूचीमा थिए । टिकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो। सो घटनामा अभियुक्त चौधरीलाई दोषी देखाइएको छ। त्यस घटना यता उनी फरार अवस्थामा थिए।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदीले ‘वारेन्ट नोटिस’ जारी भएको व्यक्तिले वारेसबाट प्रमाणपत्र लिन पाउनुपर्ने भन्दै दर्ता हुन आएको मुद्दा सुनुवाइ गर्न नसकिने उल्लेख गर्दै दरपीठ गरेको आदेश दिएका थिए।

फरार अवस्थामा रहेका चौधरीले वारेसमार्फत राष्ट्रिय जनता पार्टीको तर्फबाट निर्वाचन लडेका थिए तर विजयी भएपछि उनलाई प्रमाणपत्र दिन निर्वाचन आयोगले अस्वीकार गरेको थियो । उनले आफ्नी श्रीमतीलाई वारेसनामा दिएर प्रमाणपत्र लिन अनेक प्रयास गरेपनि प्रमाणपत्र पाएका थिएनन् ।

फागुन २० गते प्रतिनिधि सभाका सदस्यको सपथग्रहण र २१ गतेदेखि अधिवेशन आह्वान भएको सन्दर्भमा चौधरीले अदालतसामू आत्मसमर्पण गरेका हुन् ।

 

 

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News