HongKongNepali.com, The Next Media

Monday
Apr 23rd
Home नेपाल तथा विश्व समाचार उत्तर र दक्षिण कोरियाले प्रत्यक्ष सञ्चार सम्पर्क स्थापित गरे

उत्तर र दक्षिण कोरियाले प्रत्यक्ष सञ्चार सम्पर्क स्थापित गरे

E-mail Print PDF
AddThis Social Bookmark Button

३ जनवरी २०१८, उत्तर र दक्षिण कोरियाले झण्डै दुई वर्षपछि पहिलो पटक आपसमा प्रत्यक्ष सञ्चार सम्पर्क स्थापित गरेका छन्।

सीमावर्ती गाउँ पान्मुन्जोममा रेडक्रसले स्थापना गरेको तर प्रयोग नगरिएको टेलिफोन हटलाइनमार्फत उत्तर कोरियाले सुरुमा २० मिनेट लामो टेलिफोन सम्पर्क गरेको थियो।उत्तर कोरियाली नेता किम जङ अनले सो टेलिफोन हटलाइन सुरु गर्न आदेश दिएका थिए।

दक्षिण कोरियाले उत्तरको पहलको स्वागत गरेको छ। हिउँदे ओलम्पिक खेल अघि दुवै पक्षबीच थप वार्ता हुने भनिएको छ।दक्षिण कोरियाका एकता मामिला हेर्ने मन्त्री चो म्युङ ग्युनले भने, बुधबार उत्तर कोरियाले स्थानीय समय अनुसार ३ बजेर ३० मिनेटमा फोन गरी दुई देशबीचको हटलाइन पुनस् खोलिएको हो।उत्तर कोरियाका एक अधिकारीले हटलाइन पुनस् खोलिएको घोषणा टेलिभिजनमार्फत गरेका थिए।

दक्षिण कोरियाका राष्ट्रपतिले उक्त हटलाइन पुनः खोल्ने कदम एकदमै महत्त्वपूर्ण उपलब्धि भएको र यसले सँधै आपसी सञ्चार गर्न संभव हुने वातावरण बनाउने उल्लेख गरेका छन्।

यसअघि उत्तर कोरियाका नेता किमले नयाँ वर्षको पूर्वसन्ध्यामा गरेको सम्बोधन सोलसँग वार्ता गर्न र आफ्नो देशको टोली अर्को महिना दक्षिणमा हुने हिउँदे ओलिम्पिक्समा भाग लिन पठाउन आफू तयार भएको बताएका थिए ।

यी दुई देशहरूले २०१५ डिसेम्बरपछि उच्चस्तरीय वार्ता गरेका छैनन्।त्यो वार्तालगत्तै उत्तर कोरियाले दुई देशबीचको सञ्चार प्रणाली काटेको र आफूहरूले फोन सम्पर्क गर्दा जवाफ नदिएको दक्षिण कोरियाका अधिकारीहरूले बताए।

उत्तर कोरियाको प्रतिनिधिमण्डललाई हिउँदे ओलिम्पिक्स्मा सहभागी गराउन दक्षिण कोरियाको प्युङ्चाङ् पठाउने प्रस्तावसँग सम्बन्धित व्यावहारिक पक्षबारे दुई देशले फेब्रुअरीमा छलफल गर्ने ती अधिकारीले बताए।

दक्षिण कोरियाको योन्हाप समाचार संस्थाले एकजना अधिकारीलाई उद्धृत गर्दैभनेको छ, ूउत्तर कोरियासँग हामी इमान्दार भएर निष्ठापूर्वक सम्पर्क गर्नेछौँ ।उनका अनुसार प्रतिनिधिमण्डल पठाउने सम्बन्धमा व्यावहारिक विषयवस्तुमा छलफल गरिनेछ।

नयाँ वर्षको सम्बोधनमा राष्ट्रपति किमले हिउँदे ओलिम्पिक्सुको सहभागिता दुई देशका जनताबीचको एकता भएको प्रदर्शन गर्ने राम्रो अवसर भएको बताएका थिए।

दक्षिण कोरियाले उत्तरको सहभागितालाई स्वागत गर्न तत्परता देखाइसकेको छ र उच्चस्तरीय वार्ता गर्न सोमवार प्रस्ताव गरिसकेको छ।

उत्तरले उक्त प्रताव स्वीकार्ने हो या होइन त्यो भने अझै स्पष्ट भइसकेको छैन। तर दुई देशबीचको टेलिफोन सम्पर्क स्थापनाले प्रारम्भिक छलफल गर्ने बाटो खुलेको छ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News