HongKongNepali.com, The Next Media

Saturday
Jan 20th
Home नेपाल तथा विश्व समाचार अमेरिका उत्तर कोरियाको परमाणु बमको निशानामा

अमेरिका उत्तर कोरियाको परमाणु बमको निशानामा

E-mail Print PDF
AddThis Social Bookmark Button

२ जनवरी २०१८,उत्तर कोरियाका नेता किम जोङ उनले नयाँ वर्ष सन् २०१८ को उपलक्ष्यमा टेलिभिजनमार्फत दिएको सन्देशमा उनले पूरा अमेरिका उत्तर कोरियाको परमाणु बमको निशानामा रहेको बताए । उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकालाई चेतावनी दिँदै आफ्नो डेस्कमा नै परमाणु बम परीक्षणको स्विच रहेकोले कहिल्यै पनि युद्ध सुरु गर्न नपाउने बताएका छन् । यो धम्की होइन, वास्तविकता हो ।यद्यपि उनी छिमेकी मुलुक दक्षिण कोरियाका बारेमा भने केही नरम देखिएका छन् । उनले आफू दक्षिण कोरियासँग वार्ताका लागि सधैं तयार रहेको बताए । उनले उत्तर कोरियाले सोलमा हुने विन्टर ओलम्पिकमा आफ्नो टोली पठाउन सक्ने संकेतसमेत गरेका छन् ।

उत्तर कोरियाले संयुक्त राष्ट्र संघ र अमेरिकासहितका राष्ट्रको प्रतिबन्धका बाबजुद आफ्नो परमाणु परीक्षणको कार्यक्रमलाई निरन्तर रूपमा अघि बढाइरहेको छ ।अन्तर्राष्ट्रिय समुदायको निरन्तरको आग्रहलाई बेवास्ता गर्दै उनले हालसम्म ६ वटा परमाणु बमको सफल परीक्षण गरिसकेको छ भने केही शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरिसकेको छ ।

उत्तर कोरियाले गत सन् २०१७ को नोभेम्बरमा ह्वासोङ्ग–१५ क्षेप्यास्त्रको परीक्षण गरेको थियो ।यो मिसाइल ४ हजार ४ सय ७५ किलोमिटरसम्म गएको थियो । यो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनभन्दा १० गुणा बढी उचाइ हो । उत्तर कोरियाले आफूसँग परीक्षणका लागि तयार परमाणु हतियार रहेको तर अन्तर्राष्ट्रिय समुदायले हल्का रूपमा उत्तर कोरियासामु दाबी गरेको जस्ता शक्तिशाली हतियार नरहेको चर्चा गर्ने गरेको उल्लेख गरेको छ ।

यद्यपि शान्तिमा धक्का नपुगेसम्म यी हतियारहरू प्रयोग नगरिने पनि नेता किमले स्पष्ट पारेका छन् । नेता किमले नयाँ वर्षको उपलक्ष्यमा गरेको सम्बोधनका क्रममा आफ्नो परमाणु हतियारबारेको नीतिमा पुनः जोड दिए । उनले भने, ‘उत्तर कोरियाले भारी मात्रामा परमाणु हतियार र ब्यालिस्टिक मिसाइल बनाउन आवश्यक छ र तिनीहरूलाई तीव्र रूपमा तैनाथ गर्नुपर्दछ ।’ यद्यपि उनले यो वर्ष दक्षिण कोरियासँगको सम्बन्ध पुनः सुधार हुने विश्वास व्यक्त गरे ।

सन् २०१८ मा उत्तर र दक्षिण कोरियाका लागि एक महŒवपूर्ण वर्ष हो । उत्तर कोरियाले आफ्नो स्थापनाको ७० वर्ष पूरा गर्दै छ र दक्षिण कोरियाले विन्टर ओलम्पिक आयोजना गर्दै छ ।’ दुई देशबीच लामो समयदेखि तनावपूर्ण सम्बन्ध रहँदै आएको छ । यसकारण पनि दुई देशबीको सम्बन्धबारे उनले दिएको अभिव्यक्तिले उत्तर कोरियाली नीतिमा बदलाव आउने अपेक्षा गरिएको छ ।

नेता किमले आफूले फेब्रुअरीमा हुने विन्टर ओलम्पिकमा एउटा टोली पठाउने बारेमा आफूले विचार गरिरहेको पनि उल्लेख गरेका छन् । दक्षिण कोरियाले यसअघि नै यस्तो कुनै पनि कदमको स्वागत गरिने बताइसकेको छ ।

‘विन्टर ओलम्पिकमा उत्तर कोरियाको सहभागिता एकजुट रहेको देखाउने ठूलो अवसर हुनेछ । म यो खेलको पूर्ण सफलताको कामना गर्दछु । दुवै कोरियाली देशका अधिकारीहरूले सम्भावनाको खोजीका लागि तत्काल वार्तामा बस्नुपर्नेमा पनि उनको जोड छ ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News